News Portal

  • निशु ढकालको तिहार विशेष देउसीभैलो गीत सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    १६१ पटक

    झापा । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको रौनक सुरु भएसंगै बिभिन्न देउसीभैलो गीतहरु पनि सार्वजनिक भइरहेका छन् ।

    यसैबीच तिहारलाई लक्षित गर्दै गायिका निशु ढकालको देउसीभैलो गीत सार्वजनिक भएकाे छ ।  देउसी, भैलो खेल्ने प्रचलनलार्इ जीवन्त राख्न उनले ‘आयो तिहार लिएर देउसी’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

    तिहारमा आफ्ना स्रोता एवं दर्शकहरुलाई पूर्णरुपममा मनोरञ्जन दिनका लागि तिहारलाई लक्षित गर्दै आफुले यो म्यूजिक भिडियो सार्वजनिक गरेको उनले बताइन । गीतकार निशुको पछिल्लो गीत ‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा तिहारमा हुने उत्साह र उमंगलाई समेटेको छ ।

    नविन के तिमल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको उक्त गीतको भिडियोमा एञ्जिला, शिल्पा र रुपाको नृत्य रहेको छ । निशुले यसअघि दशैंको अवसरमा यो रमाइलो दशैं आयो बोलको गीत सार्वजनिक गरेकी थिइन् ।

    उक्त गीतलाई दर्शक श्रोताले निकै मन पराइदिएको उनले बताइन् । संगीतमा भविष्य खोज्दै गायिका निशु विगत केही बर्षदेखि सांगीतिक यात्रामा निरन्तर क्रियाशील छिन् । यसभन्दा अघि पनि उनका गीत लोकप्रिय भइसकेका छन् ।

    २०७५ कात्तिक १७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...