दमौली । तनहुँमा एकजना वडाध्यक्षको मध्यरातमा राम धुलाई भएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का अध्यक्ष कृष्ण रेग्मीलाई शुक्रबार राति १० बजे अज्ञात समूहले कुटपिट गरेको हो ।
कुटपिटबाट घाइते उनलाई शुक्रबार राति नै शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला अस्पताल पु¥याइएकामा थप उपचारका लागि पोखरा पठाइएको बेलचौतारा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनीमाथि कसैले सांघातिक हमला गरेको प्रहरीको अनुमान छन् । उनका अनुसार रेग्मीमाथि कुटपिट गरेको आशङ्कामा चार जनालाई पक्राउ गरिएको र सो घटनाबारे अनुसन्धान भइरहेको छ ।
अध्यक्ष रेग्मीको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएकाे छ ।
प्रतिक्रिया