News Portal

  • बाच्नका लागि चोरसँग यौन सम्पर्क गरिन् केवलीले, तर पनि जोगिएन ज्यान

    संचारकेन्द्र संवाददाता
    १४४१ पटक

    सल्यान । सल्यानको सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा मृत फेला परेकी केवली नेपालीलाइ सोहि ठाउँ निवासि राजु भनेर चिनीने वीर बहादुर वस्नेतले हत्या गरेको खुल्न आएको छ ।

    जिल्ला प्रहरी कार्यालय सल्यानले विहिबार पत्रकार सम्मेलन र प्रेश विज्ञप्ती मार्फत यस्तो जानकारि गराएको हो । असोज २२ गते भारत बाट भखरै आएकी शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्क बस्ने ५० वर्षिय केवली नेपाली आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी थिइन् ।

    उनी भर्खरै भारतबाट आएकाले सोहि ठाउँ बस्ने १९ वर्षिय बिर बहादुर बस्नेतलार्इ केवली संग भारतमा कमाएको पैसा छ भन्ने आशंकामा पैसा चोर्ने योजना बनाई राति केवलीको घरमा पुगेका थिए । त्यही पैसा चोर्ने विषयबाट शुरु भएको घटना यौन सम्बन्ध देखि हत्यासम्म भएको खुल्न आएको छ ।

    असोज २४ गते रातिको घटना भएपनि २५ गते बिहान ८ बजे प्रहरीलाई खबर पुगेपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीको टोली पुगर कुकुर सहितको टोलीले अनुसन्धान अगाडी बढाएको थियो ।

    टोली घटनास्थलमा खटी घटनास्थल सुक्ष्म रुपले अनुसन्धान गरी मृतक लाशको प्रकृति हेर्दा कसैले मारेको जस्तो देखिएकाले संकास्पद देखिएका ब्यक्तिहरु सँग सोधपुछ तथा कुकुर सहितको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा छिमेकी बर्ष १९ का बच्चु भन्ने राजु भनेर चिनीने बिर बहादुर बस्नेतलाई भोलीपल्ट २६ गते प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताए ।

    प्रहरी समक्ष हत्या आरोपी बिर बहादुरले डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् । पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्को हातले केवलीको घाँटी समातेर पैसा देउ भनी आग्रह गरेका थिए ।

    केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् । बिर बहादुरले प्रहरी संगको बयानमा अगाडी भने, ‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् ।

    यस्तो किन गर्छस् भोलि दिउला तलाइ पैसा भनेर सम्झाइन् ।’ केवलीले वीर बहादुरलाई आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागी उनले अनेक उपाय खोजिन् । घाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिर बहादुरलाइ खुवाइन् । र आफुले पनि संगै खाइन् ।

    ज्यान लिन आँटेको बिर बहादुरसंग केवलीले दुई पटक यौन सम्पर्क समेत गर्नुपर्यो । ‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामी संगै सुत्यौँ,’ बिर बहादुरले भने । सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लायंकेट मुनी राखेर विस्तारामा पल्टेको प्रहरीसंगको बयानमा हत्या आरोपी वीर बहादुरले बताएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

    २०७५ कात्तिक १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...