News Portal

  • पाठकपत्र : राष्ट्रपतिको हर्कतले गणतान्त्रिक व्यवस्थाको खिल्ली उडायो

    नकुल चौलागाईं
    ३१३ पटक

    दश बर्षे जनयुद्ध र जन आन्दोलनले राज गद्दीमा बसेको राजाको व्यवस्थालाई त मसान घाटसम्म पुर्यायो बिडम्बना फेरि देशमा ६०१ छोटे राजाको जन्म भयो, तिनै राजाको नक्कल गर्दै राष्ट्रपतिले राणा साशन भन्दा तल्लोस्तरको ब्यबहार देखाइन।

    राष्ट्रपति कार्यलय सितल निवासमा टीका लगाएको सन्दर्भ जोडेर सामाजिक सञ्जाल फेस्बुकदेखि जतासुकै उनको बारेमा चौतर्फी आलोचना भइरहेको देखियो । उनकोमा टिका थाप्न गएका कोही पुर्ब मन्त्री त कोही प्रधान न्यायाधीश थिए ।

    सरकारका उच्च योहदाका ब्यक्तिले नै राष्ट्रपतिको सामू टाउको निउराएर टीका लगाएको दृश्य देखीयो । उक्त दृश्य हेर्दा माधप नेपालले राजाको खुट्टामा दाम चढाएको र अहिलेका राष्ट्रपति पनि पुर्ब राजा जस्तै रानी बन्न कोसिस गरिरहेकी छन् भनेर चौतर्फी आलोचना भइरहेको छ ।

    जननिर्बाचित संसदद्वारा चुनिएको राष्ट्रपतिले यस्तो राजतन्त्रको झल्को दिने हर्गत देखाउनु लोकतान्त्रिक बिधि र ब्यबस्था बिरुद्धको हस्तक्षेप भएको विश्लेषण हुन थालेको छ ।

    उनले यसरी राजाकै सिको गरेर टीका लगाएको हो या सितल निवास ब्यबस्थापनको प्राबिधिक नियत नै खराबी हो । यसलाई विभिन्न तरिकाले हेरिएको छ ।

    केहीले कुर्सीमा बसेर टिका लगाए कोहिले निउरिएर, घुडा टेकेर, कोहीलाई काखा र कोहीलाई पाखा गरिएको भन्दै यो दसैको टीकाप्रति जताततै चर्को टिप्पणी भइरह्यो।

    दस बर्से महान संघर्षसगै व्यवस्था परिवर्तन त भयो तर नेताको सोच बुद्धी अनि संस्कार परिवर्तन गर्न सकिएन । गणतान्त्रिक मुलकको राष्ट्रपतिले कुरुर शामन्ती व्यवहार गरिन्,जन्ताको मतको सम्मान गरिनन् भनेर टिप्पणी सुरु हुन थालेको छ।

    कोही कसैले राष्ट्रपतिलाई विवादित बनाउने चालबाजी गरेको त होइन भन्दै ब्यबस्थापन पक्षले नै सचिवालय तर्फ प्रश्न खडा गरेका छ्न ।दशैको टीका लगाउदा मान्यजनबाट आशीर्वाद ग्रहण गर्दा झुक्नुपर्ने स्वभाविक सभ्यतालाई अस्वीकार गर्न सकिन्न । तर, जन निर्बाचित राष्ट्रपति कसैलाई काखा र कसैलाई पाखा गर्नु कुनै पनि कोणबाट जायज ठहरिँदैन।

    नकुल चौलागाईं काभ्रे चौरीदेउराली गाउँपालिका

    २०७५ कात्तिक १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...