News Portal

  • ‘चट्ट दिदी नाँचिदेउ छमछमी’ बोलको भैलेनी गीत सार्वजनिक (भिडियोसहित)

    संचारकेन्द्र संवाददाता
    ११७० पटक

    काठमाडौं ।  “चट्ट दिदी नाँचिदेउ छमछमी” बोलको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ । बत्ती र फूलहरूले सजिने रमाइलो पर्व हो तिहार । कात्तिक कृष्णपक्षको त्रियोदशी तीथिबाट सुरु हुने यम पञ्चकको तेस्रो दिन औँसी पर्दछ ।

    सोही औँसीको दिन बेलुका धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरघरमा लक्ष्मी पूजा सकेर दिदीबहिनीहरू भैलेनी खेल्न गाउँघरमा जाने परम्परा छ । उक्त दिन भैलेनी खेल्ने भैलेनी दिदीबहिनीलाई लक्ष्मीका दूतका रुपमा लिने परम्परा छ । भैलेनीलाई दान दक्षिणा र सिदा दिँदा घरमा धनधान्यको बृद्धि हुने पुरानो जनविश्वास रहेको छ ।

    यसैलाई आधार मानेर कृष्ण उदाशीको रचना, गौरभ दर्पणको संगीत रहेको र नोर्बु शेर्पाको संगीत संयोजन (ऐरेन्ज) रहेको, त्यस्तै मेलिना राई र माया गजुरेलको स्वर रहेको भैलेनी गीत युट्युब मार्फत सार्वजनिक भएको छ ।

    गीतको भिडियोको मुख्य भूमिकामा सन्ध्या भट्टराई र सिम्रन श्रेष्ठ रहेका छन् । क्र्युउ आटिष्टको भूमिकामा फ्रेण्डसिप डान्स सेन्टरका भाइबहिनीहरू रहेका छन् । कवि मिलनको कोरियोग्राफी तथा निर्देशन रहेको उक्त गीतको भिडियोलाई भूपेन्द्र तुम्बापोले क्यामरामा कैद गरेका हुन् ।

    मोरङको उर्लाबारीमा सुटिङ गरिएको उक्त भिडियोका लागि सोम मग्रातीले मेकअप आर्टिष्टको भुमिक निर्वाह गरेका थिए ।

    हेर्नुहोस् भिडियो

    २०७५ कात्तिक १६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...