• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    चोरको चर्तिकला देखेर प्रहरी नै तिनछक, खोज्दाखोज्दै ससुराली पुगेपछि यसरी खुल्यो पोल

    15.6K
    SHARES

    घोराही । जिल्ला प्रहरी कार्यालय दाङले चोरी भएको १७ लाख रुपियाँ बराबरको नेपाल टेलिकमको रिचार्ज कार्डसहित एकजनालाई पक्राउ गरेको छ ।

    रिचार्ज कार्ड चोरी गर्ने रोल्पाका दलबहादुर पुनलाई पक्राउ गरी दाङ प्रहरीले घोराहीमा सार्वजनिक गरेको हो । दाङ प्रहरीले बिहीबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरेर बरामद गरिएका रिचार्ज कार्डसहित पुनलाई सार्वजनिक गरेको छ ।

    रिजार्ज कार्डहरू चोरेर प्यूठानको स्वर्गद्वारी नगरपालिका ७ स्थित ससुराली घरमा लुकाई राखेको अवस्थामा फेला पारेपछि प्रहरी नै तिनछक परेको छ ।

    रोल्पा जिल्लाको माडी गाउँपालिका २ स्थायी घर भएका २१ वर्षीय पुनले असोज २३ गते नेपाल टेलिकमको १७ लाख रुपियाँ बराबरको रिचार्ज कार्ड चोरी गरेर फरार भएका थिए । रिचार्ज कार्ड चोरी भएको २१ दिनपछि कात्तिक १३ गते दाङ प्रहरीले पुनलाई रिचार्ज कार्डसहित रंगेहात पक्राउ गरेको हो ।

    पुनलाई रोल्पाको थवाङ गाउँपालिका २ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिए । पुनले थवाङमा रिचार्ज कार्ड बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

    पुनलाई पक्राउ गर्न दाङ प्रहरीले रोल्पा र प्यूठान प्रहरीसँग पनि समन्वय गरेको थियो । ईलाका प्रहरी कार्यालय थवाङ रोल्पाको सहयोगमा पुनलाई पक्राउ गरी प्रारम्भीक अनुसन्धान गर्ने क्रममा चोरी भएका रिजार्ज कार्डहरू ससुराली घरमा भेटिएको हो ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ