News Portal

  • भेला सकिएलगत्तै नेकपाको युवा संगठनले निकाल्यो यस्तो बिज्ञप्ति, १४ बुँदे राजनीतिक प्रस्तावसहित

    संचारकेन्द्र संवाददाता
    १८३६ पटक

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको भेला सम्पन्न भएको छ ।

    भेलाले पाटन जंगलीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सम्पन्न भेलाले उपाध्यक्षमा प्रेम बिक ‘दिनेश, महासचिव भैरव पुन ‘सागर’, सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक गुरुङ ‘रोज’लाई चयन गरेको छ।

    नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले सोमाबर काठमाडौँमा प्रथम राष्ट्रिय भेलाको उद्घाटन गरेका थिए ।

    ‘‘दलाल राज्यसत्ताको दमन, गिरफ्तारी र फाँसीवादका विरुद्ध जुझारु युवा आन्दोलन सिर्जना गरौं । एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि योङ रेड फोर्स, नेपालको प्रथम राष्ट्रिय भेला भव्य रुपले सफल पारौं ।’’ भन्ने मूलनाराका साथ सम्मपन्न उक्त भेलाले विभिन्न संघर्षका कार्यक्रम पनि तय गरेको छ ।

    भेला सम्पन्न भएपछि संगठन नवनिर्वाचित अध्यक्ष पाटन जंगलीले एक प्रेस बिज्ञप्ति जारी गर्दै भेलाले पारित गरेका निर्णय सार्बजनिक गरेका छन् ।

    बिज्ञप्तिमार्फत भेलाको उद्घाटनदेखि बन्दशत्रसम्मको सबै निर्णयका बारेमा प्रकाश पारिएको छ  । बिज्ञप्तिमा नेकपाका स्थायी समिति सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज सुदर्शनले संगठनको प्रथम राष्ट्रिय भेला कात्तिक १२ गते बिहान काठमाडौंमा उद्घाटन गरेको र मध्यान्ह पछि बन्द-शत्र शुरु भएको बताइएको छ ।

    बन्दशत्रमा देशभरीबाट आएका २ सय जना प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई ८ वटा समूहमा विभाजित गरि राजनैतिक प्रतिवेदन र विधानमाथि छलफल पश्चात् टोली नेताहरुले आ-आफ्नो समूहका विचार, सुझाव र आलोचना प्रस्तुत गरेको बताइएको छ ।

    समुहका टोलि नेताहरुले दिएको सुझाव र मतहरुको आधारमा विधान-प्रतिवेदनमा आवश्यक थपघटसहित सर्वसम्मतरुपले पारित गरिएको जनाइएको छ ।

    गत बर्ष मात्र फेरिएको नामका बारेमा अध्यक्ष पाटनले जारी गरेको बिज्ञप्तिमा सङ्गठनको सार र रुपमा एकरुपता ल्याउने उद्देश्यले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल राखियो प्रष्ट पारिएको छ ।

    बन्दशत्रले पाँच सदस्य रिक्त रहनेगरी पाटनको नेतृत्वमा ४५ सदस्यीय कार्य समिति चयन गरेपछि नवनियुक्त अध्यक्षको अध्यक्षता र महासचिव सागरको उद्घोषणमा भेला समापन गरिएको बताइएको छ ।

    समापन समारोहमा प्रमुख अतिथि सुदर्शनले प्रशिक्षणमूलक मन्तब्य राखेपछि भ्रष्ट्राचार, जनदमन, राष्ट्रघात, जनघात, चर्को मूल्य बृद्धि, चर्को कर वृद्धि, गुण्डागर्दी र सामाजिक विकृति-विसंगतिका विरुद्ध सङ्गठनले योजनाबद्ध संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको बिज्ञप्ति मार्फत बताइएको छ ।

    भेलाले देशको जल्दोबल्दो राजनीतिक र बिभिध बिषयलाई मध्येनजर गर्दै संघर्षका कार्यक्रमहरुसहितका विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

    यस्ता छन् प्रस्तावहरु जस्ताको त्यस्तै

    (१) देशमा सत्ता संचालन गरिरहेको सामाजिक दलाल फाँसीवादी सरकारद्वारा गरिएका भ्रष्ट्राचार, राष्ट्रघात, जनघात, कालोबजारी, जनदमन, चर्को मूल्य बृद्धि, चर्को कर वृद्धिका विरुद्ध हाम्रो सङ्गठन सशक्त भण्डाफोरसहित संघर्षको नृेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

    सामाजिकविकृतिविसंगतितथा गुण्डागर्दीका विरुद्धसमेत सशक्त भण्डाफोरसहित संघर्ष गर्ने प्रतिवद्धता व्यक्तगर्दछ ।

    २) राजनीतिक, आर्थिक, साँस्कृतिक तथा भौगोलिक रुपमा हुँदै आइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध जनचेतना जागृत गर्दै त्यसको प्रतिरोधका लागि आम जनतालाई आव्हान गर्दछ ।

    ३) सामाजिक दलाल सरकारबाट वेलगाम र गैरजिम्मेवारीपूर्ण रुपमा वृद्धि गरिएको चर्को कर तुरुन्त फिर्ता गर्न माग गर्दछ ।

    ४) महङ्गीको आतङ्क तुरुन्त बन्द गर्न सरकारसँग माग गर्दछ ।

    ५) अपरकर्णाली, अरुण तेस्रो, तामाकोसी ३ लगायतका जलश्रोत सम्बन्धी असमान सम्झौताहरु खारेज गर्न माग गर्दछ ।

    ६) वैदेशिक रोजगारीका नाममा विदेशिएका लाखौं युवाहरुलाई देशभित्रै रोजगारीको ग्यारेन्टी गर्न यो राष्ट्रिय भेला जोडदार आव्हान गर्दछ ।

    ७) सन् १९५० लगायतका असमान सन्धी सम्झौता पूर्ण रुपमा खारेज गर्न माग गर्दछ ।

    ८) शान्ति, समानता, स्वाधिनता र समृद्धिको पक्षमा संघर्षरत नेपाल कम्युनिस्ट पार्टीतथा यस संगठनका नेता कार्यकर्ता र जनतामाथि भैरहेको व्यापक दमन, गिरफ्तारी र झुटा मुद्दा लगाउने क्रियाकलाप बन्द गर्न यो भेला माग गर्दछ ।

    ९) देशका विभिन्न भागमा राखिएका आस्थाका बन्दीहरुलाई निशर्त रिहा गर्न यो भेला माग गर्दछ ।

    १०) विश्वव्यापी रुपमा भइरहेका न्यायपूर्ण आन्दोलनहरुका विरुद्ध साम्राज्यवादीहरुको हस्तक्षेप बन्द गर्न यो राष्ट्रिय भेला माग गर्दछ ।

    ११) देशव्यापी रुपमा भइरहेका महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराधको अन्त्य गर्दै निर्मला पन्तका हत्याराहरुको छानविन गरी दोषीलाई कडाइपूर्वक कार्वाही गर्न यो राष्ट्रिय भेला माग गर्दछ ।

    १२) सीमा अतिक्रमण बन्द गर्न भारतीय साम्राज्यवादलाई चेतावनी दिन चाहन्छ ।

    १३) भेला सफल बनाउन विशिष्ट भूमिका खेल्ने नेपाल कम्युनिस्ट पार्टी मध्य कमाण्ड,विशेषतः काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालगायत सम्पूर्णमा भेला हार्दिक आभार प्रकट गर्दछ ।

    १४) भेलालाई आर्थिक, नैतिक, भौतिक तथा प्रत्यक्षवा परोक्ष हिसावले सहयोग गर्नुहुने ब्यापारी, बुद्धिजीवी, होटल व्यवसायी, उद्योगीतथा सम्पूर्ण जनसमुदायहरुमा यो भेला हार्दिक आभार व्यक्तगर्दछ ।

     

    २०७५ कात्तिक १५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...