News Portal

  • दाजु र भाउजुसहित सर्वोच्चका न्यायाधीशकी पत्नी पक्राउ, यस्तो छ अभियोग

    संचारकेन्द्र संवाददाता
    ६२७ पटक

    काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता राउत पक्राउ परेकी छिन । उनलाई सोमबार उदयपुर प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमानको हस्ताक्षर र औंठाछाप किर्ते गरेको अभियोगमा ललितासँगै उनका दाजु र भाउजु पनि पक्राउ परेका हुन् ।

    बुहारी ललिताले छोरा प्रकाशमानसिंह राउतलाई थाहा नदिइ हस्ताक्षर र औंठाछापसमेत किर्ते गरेर अरुकै बच्चालाई आफ्नो भनेर जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिताले उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बुझिएको छ ।

    न्यायाधीश राउतको हस्ताक्षर किर्ते गरेर अर्कैको बच्चालाई उनको बनाउने कार्यमा संलग्न भएको आरोपमा श्रीमती ललितासहित उनका दाजु बाबुराम चौहान र भाउजुलाई उदयपुर प्रहरीले पक्राउ गरेको हो ।

    कटारी नगरपालिका वडा नम्बर ३ बाट नक्कली जन्मदर्ता गराएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि किर्ते मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

    प्रहरी प्रमुखले ललिता न्यायाधीशकी श्रीमती भन्ने आफूलाई थाहा नभएको तर उनीहरुले अर्काको सही र औंठाछाप किर्ते गरी नक्कली जन्मदर्ता गराएको पाइएकाले पक्राउ गरिएको बताए ।

    अर्कैलाई बाबुआमा कायम गरेर जन्म प्रमाणपत्र दिने काठमाडौं मेडिकल कलेजलाई समेत प्रहरीले अनुसन्धानमा तानेको छ । स्रोतका अनुसार न्यायाधीशकी पत्नी पक्राउ गरिएकाले प्रहरीले यससम्बन्धी विवरण सार्वजनिक गर्न मानेको छैन ।

    कटारीका डीएसपी ध्रुवकुमार श्रेष्ठसँग यसबारे बुझ्न खोज्दा उनले एसपीसँग कुरा गर्न आग्रह गरे । एसपी राईले किर्ते मुद्दामा पक्राउ गरेर म्याद थप गरिएको बाहेक अरु विवरण कटारीका डीएसपीबाटै लिन भने । प्रहरीले पक्राउ परेका व्यक्तिको विस्तृत विवरण दिनसमेत मानेको छैन ।

    यसैबीच कटारी नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले भने किर्ते पुष्टि भएपछि जन्मदर्ता बदर भइसकेको जनाएको छ । किर्ते गरेर अरुकै बच्चाको जन्मदर्ता गराएको देखिएकाले बदर गरिएको वडाध्यक्ष रामवहादुर पोखरेलले बताएका छन् ।

    (अनलाइन खबरबाट साभार गरिएको यो समाचार पुरा पढ्न यहाँ क्लिक गर्नुहोस)

    २०७५ कात्तिक १४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...