News Portal

  • प्रधानमन्त्रीलाई ‘श्रद्धाञ्जली’ दिदै भ्रामक समाचार लेख्ने मानन्धर प्रहरी खोरमा, अरु को-को छन् लिस्टमा ?

    अंग्रिषा केसी
    २४४२ पटक

    काठमाडौँ । गत शनिवार अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयमा भ्रामक समाचार लेखेर प्रकाशन गर्ने एकजना पक्राउ परेका छन् ।

    मंगलबार प्रहरीले पाथिभरा अनलाइन डटकममा भ्रमपूर्ण समाचार प्रकाशित गर्ने स्याङजा घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका ८ बस्दै आएका ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई पक्राउ गरेको हो ।

    प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो ।

    मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसुर अन्तर्गत कारबाही हुने जनाएको छ । उनले खबर टाइम डटकम नामको अनलाइन पनि संचालन गरिरहेका छन् । महाशाखाले अन्य अनलाइन संचालकहरुलाई यसप्रकारका समाचार सम्प्रेषण नगर्न पनि आग्रह गरेको छ ।

    यस्तै प्रहरीले डलर खेति गर्नका लग संचालन गरिएका, नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता नभएका, त्यस प्रकारको आसयमा समाचार प्रकाशन गर्ने अन्य केही अनलाइन संचालकहरुलाई पनि पक्राउ गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी नरेन्द्र प्रसाद उप्रेतीले दिएको जानकारी अनुसार त्यसका अनाधिकृतरुपमा दर्ता नगरी विभन्न नाममा संचालन गरिएका केही अनलाइनले त्यस्ता समाचार प्रकाशन गर्ने गरेका छन् ।

    एसपी उप्रेतीका अनुसार त्यस्ता अनलाइनका संचालक केही बिदेशमा रहेका र केही नेपालमै भएकाले उनीहरुको नाम लिस्ट तयार पारेर तत्काल पक्राउ गर्नको लागि आबस्यक तयारी भइरेको छ ।

    प्रहरीले पहिलो नेपाली खबर डटकम, मनसुन मिडिया नेपाल डटकम, रामेछाप खबर डटकम, सानो पर्दा टिभी डटकम, नेपाली इनअबोर्ड डटकम, इअलनेपाल डटनेट लगायतका डोमिन संचालकहरुलाई पक्राउका लागि खोजी कार्य सुरु गरेको छ ।

    उनीहरुले नेपाली मिडिया जगतकै बेइज्जेत गर्नेगरी टाइटलको अगाडी नै “दुखद खबर, हार्दिक श्रद्धाञ्जली” जस्ता वाक्य प्रयोग गरेर अर्थ लाग्ने गरी भ्रामक समाचार प्रकाशन गरी पत्रकारिता क्षेत्रकै मर्यादाको खिल्ली उडाएको उजुरी परेपछि पक्राउ गर्न खोजिएको हो ।

    त्यस्ता अनाधिकृत र अबैधानिक अनलाइन पोर्टलहरुले फेसबुक इन्स्टनट आर्टिकल लगायतका अनलाइन आम्दानीलाई केन्द्रित गरेर समाचार जन्य सामाग्री प्रकाशन गरी समाजमा भ्रम फैलाउने गरेका कारण पक्राउ गरेर साइबर अपराधको मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

    यस्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल र केही डिजिटल मिडियाबाट आफ्नो स्वास्थ्य अवस्थाका बारेमा आधारहीन प्रचार भएकोप्रति मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै आपत्ति जनाएका थिए।

    मंगलबार साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा सनसनीपूर्ण समाचार बनाएर गरिएका प्रचारबाजीबारे आफू जानकार रहेको भन्दै आपत्ति जनाएका हुन् ।

    ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाबारेमा गरिएको आधारहीन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रजारबाजीको मलाई जानकारी छ ।’ उनले भनेका छन् ।

    प्रधानमन्त्रीले आफ्ना आफन्त शुभचिन्तक पार्टीका नेता कार्यकर्ता र सम्पूर्ण देशबासीलाई यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन अनुरोध गरेका छन् ।

     

    २०७५ कात्तिक १४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...