News Portal

  • आफैं मन्त्री, आफैं ठेकेदार, पप्पुका अगाडि किन झुक्यो सरकार ?

    संचारकेन्द्र संवाददाता
    ५६७ पटक

    काठमाडौं । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् ।

    उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन् । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन कम्पनीले हाल ६८ करोड ३५ लाख रुपैयाँमा डिभिजन सडक कार्यालय सुर्खेतसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन् ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक ५ गतेको परिपत्रअनुसार ती योजना अब प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुनेछन् । खत्री सोही मन्त्रालयका विभागीय मन्त्री हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

    पप्पुका अगाडि किन झुक्यो सरकार ?

    गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार हालैमात्र १५ निर्माण कम्पनीलाई कालोसूचीमा पनि राख्यो । तर, राजनीतिक आडमा ठेक्का गर्दै वर्षौदेखि कामै नगरी बस्ने पप्पु कन्स्ट्रक्सन भने कालोसूचीमा पनि नपरेपछि नागरिक भने सरकार र सरकारको कामप्रति सशंकित हुन थालेका छन् ।

    हालैमात्र अरबौंको निर्माण काम गर्न ठेक्का सकार गरेर पनि काम नगर्ने १० वटा निर्माण कम्पनी र पाँच मालवस्तु आपूर्ति गर्ने कम्पनीलाई सार्वजनिक खरिद ऐनबमोजिम कालोसूचीमा राखेको हो । सडक, पुललगायत दर्जनौं ठेक्का लिएर अलपत्र पार्ने विवादास्पद ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन भने कालोसूचीमा नपरेपछि सिन्धुलीका नागरिक तथा राजनीतिक दल र सरोकारवालाले पप्पु कन्स्ट्रक्सन शक्तिशाली र सरकार निरीह भएको टिप्पणी गरेका हुन् ।

    अन्य जिल्लामा जस्तै सिन्धुलीमा पनि करोडौंको पुलको ठेक्का लिएर वषौंदेखि अलपत्र पारेको पप्पुप्रति आक्रोसित दुधौली नगरपालिकाका २ का वडाध्यक्ष रितेश राउतले पप्पु कालोसूचीमै नपर्नु सरकारको निरीहता भएको बताए । ‘पप्पुजस्तै अन्य कम्पनीलाई एकदेखि तीन वर्ष कालोसूचीमा राखिएको भए पनि पप्पुलाई भने सरकार र राजनीतिक दलले नै संरक्षण दिएको छ’, उनले आरोप लगाए ।

    वर्षौंदेखि कमला नदीमा पुल नहुँदा दर्जनौंको संख्यामा सर्वसाधारणले ज्यान गुमाउनु परेको स्मरण गर्दै राउतले भने, ‘जुन कम्पनीका कारण पुल अलपत्र हुँदा देशैभर सयौंको संख्यामा नागरिकको ज्यान गएको छ । उसैलाई राजनीतिक संरक्षण दिएर राख्नुको कारण के हो रु ’ पप्पुले कमला नदीमा निपाने र हत्पते जोड्ने पक्की पुल ३२ करोड लागतमा निर्माण गर्न ठेक्का साकार गर्दै २०६८÷६९ बाट काम थालेको थियो ।

    तर, निर्माण थालिएको झन्डै आठ वर्षसम्म पुलको ४० प्रतिशत पनि काम नहुँदै ठेकेदार काम छाडेर भागेपछि पप्पुको पुल स्थानीयलाई ‘काल’ बनेको नगरवासीको भनाइ छ ।

    २०७५ कात्तिक १४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...