• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे टिचिङ अस्पतालबाट आयो यस्तो खबर

    20.9K
    SHARES

    काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे प्रेस विज्ञप्ती जारी गर्दै शिक्षण अस्पतालले उनको छातिमा समस्या रहेको जनाएको छ ।

    प्रधामन्त्री ओलीको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा तीन चिकित्सक खटिएका छन् । सोमबार विहान साढे चार बजे अस्पताल भर्ना गरी उपचार भईरहेकोमा पछिल्लो समय सबै रिपोर्ट सुधारोन्मुख देखिएको अस्पतालले जनाएको छ ।

    ओलीको छातीमा संक्रमण देखिएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. अरुण सायमीले ओलीको छातीमा समस्या भएका कारण स्वासप्रश्वासमा समस्या भएको जानकारी दिएका छन् । अस्वस्थ भएका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी भएनन् ।

    फोक्सो वा श्वास प्रश्वास नलीमा हुने संक्रमण छातीको संक्रमण मानिन्छ । यसका कारण निमोनिया, ब्रोङ्काइटिससहितका समस्याहरू देखिन सक्छ । छातीको संक्रमणको जोखिम रहे पनि दम तथा मुटु रोगी, मृगौलामा समस्या भएका, मधुमेह रोगीहरूमा यसको जोखिम बढी हुन्छ । प्रधानमन्त्री ओलीमा पनि मृगौलाको समस्या छ ।

    यस्तो अवस्थामा छातीको संक्रमण हुँदा रगत मिसिएको खकार आउनु वा खकार असामान्य रुपमा पहेँलो देखिनु, श्वास प्रश्वास तीव्र हुनु वा स्वाँ स्वाँ हुनु, मुटुको चाल बढी हुनु, छाती दुख्नु, ज्वरो आउनु, खानामा रुचि नहुनु, टाउको दुख्नु, आलस्य हुनु आदि लक्षण देखिने चिकित्सकहरूको भनाइ छ ।

    संक्रमण भयो भने खोक्दा बल गर्नु हुँदैन, डब्लुएचओले गरेको खोप लगाउने, छाती घ्यारघ्यार गर्न थाल्यो भने अस्पताल जाने, घरेलु उपचारको भर गरेर नबस्ने, अंग प्रत्यारोपण गरेकाहरू र रोगसँग लड्ने क्षमता कम भएकाहरूले अली बढी ख्याल गर्नुपर्छ, चिकित्सकको निगरानीमा उपचार वा परमर्श लिने, झोलिलो पदार्थ पर्याप्त मात्रामा खाने, आराम गर्ने जस्ता कार्य गर्नुपर्छ ।

    यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षण अस्पताल पुगेर प्रधामन्त्री ओेलीलाई भेटेका छन् । सोमबार साँझ प्रधानमन्त्री ओली उपचाररत शिक्षण अस्पताल पुगेर देउवाले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रधानमन्त्रीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको उनले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ