News Portal

  • आफ्नै बहिनीलाई गर्भ बोकाउने यौन पिपासु दाईको ‘पाप धुरीबाट’ कराएपछि..

    संचारकेन्द्र संवाददाता
    ९८६ पटक

    काठमाडौं ।

    यौन पिपासुहरुले के रगतको साइनो पनि मान्दैनन रु समाज नराम्ररी विछृंखलित बन्दै जाँदा राजधानी काठमाडौंमा नै एउटा पाशविक घटना सार्वजनिक भएको छ । लेख्न पनि हात धर्मराउने , पढ्न पनि आँशु चुहाउनु पर्ने घटनाले समाज र परिवारको साइनो कसरी चुँडिदैछ भने कहालीलाई उजागर गरेको छ ।

    एकपछि अर्को बलात्कारका घटना घटिरहेको बखत पुनः काठमाडौंकै एक दर्दनाक घटना बाहिर आएको छ । बलात्कार भएको पनि त्यति बेला थाहा भयो, जतिबेला किशोरी प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगिन् र उनले मृत शिशुलाइ जन्माइन् । दाइ नाता पर्नेबाट १२ वर्षको उमेरदेखि नै बलात्कृत हुँदै आएको वास्तविकता किशोरीले प्रहरी समक्ष समाज चकित बनेको छ ।

    बुधवार राति ११ बजेतिर पेटमा असह्य पीडा भएको बताएपछि १५ बर्षीया किशोरी निशा ९नाम परिवर्तन ०लाई आफन्तले पिपुल्स अस्पताल लगे । चिकित्सकले जांच गर्दै गर्दा उनी पिसाब लागेको भन्दै अस्पताल गइन् शौचालयबाट फर्कँदा उनको लुगामा रगत देखेपछि ड्यूटीमा रहेका चिकित्सकले पुनः जांच गरे र उनी गर्भवती रहेको थाहा पाए । उनी गर्भवती रहेको कुरा त्यतिबेला सम्म निशा र उनका आफन्तले अस्वीकार गरे ।

    आफ्नो छोरी बिहान स्कुल जाने र बेलुका ६ बजे घर आइपुग्ने भन्दै त्यस्तो गलत प्रकृतिको नभएको जिकिर परिवारजनले गरिरहे । डाक्टर र किशोरीकी आमाबीच छलफल चलिरहेकै बेला निशा एकदमै पेट दुखेका भन्दै चिच्याउन थालिन् । त्यसपछि चिकित्सक र नर्सको टिमले लुगा खोलेर हेर्दा किशोरी सुत्केरी हुनै लागिसकेकी थिइन् । यो दृश्य देखेपछि भने किशोरीकी आमा छाँगोबाट खसेझैं भइन् ।

    निशाले १ दशमलब ३ केजीको मृत शिशु ९छोरी० जन्माइन् । अस्पतालमा संगै आएका दाइले गाउँ जाँदा कक्षा ६ मा पढ्दादेखि नै ९१२ वर्ष० देखि नै बलात्कार गर्दै आएको बताइन । आमाबुबा नभएको बेलामा दाई आएर कोठामै बलात्कार गर्ने गरेको पीडा पनि उनले ओकलिन । शिशु किन मृत जन्मियो भन्ने विषयमा चिकित्सकले कि त आमाको उमेर नपुग्दा वा कुनै औषधि खुवाइएको कारण मृत्यु भएको हुनसक्ने जानकारी दिएका छन् ।

    किशोरीले आफु दाइ नाता पर्नेबाटै बलात्कृतभएको चिकित्सकलाई बताएपछि चिकित्सकहरुले सोह्रखुट्टे प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गौतमकुमार केसीले अभियुक्त पक्राउ परिसकेको र अन्य अनुसन्धान जारी रहेको जानकरी दिए

    २०७५ कात्तिक १० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    रातको तेस्रो प्रहरमा किन हुन्छन् मृत्युका घटना ? यस्तो छ डरलाग्दो रहस्य

    एजेन्सी । हामीलाई लाग्छ, मृत्यु अवश्यंभावी कुरा हो र मानिसको मृत्यु जुन कुनै समयमा पनि...

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...