• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    ‘टोले दादा’ले दुर्गा मन्दिर छेउमा लगेर बालिकामाथि यौनसम्पर्क गरेपछि..

    10.6K
    SHARES

    इटहरी ।

    गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो ।

    त्यो दिन सहभागी सबै जना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई ‘साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ’ भनेर बाहिर निकाले ।

    उनले ती बालिकालाई गोप्य छ भनेर नजिकै रहेको दुर्गा मन्दिर छेउमा लगे । दुर्गा मन्दिर एकान्त स्थानमा छ । नृत्य सिकाउने गुरु, त्यसमाथि पनि गाउँकै दादा भएकाले बालिकाले उनको प्रस्तावलाई स्वीकार गरिन् ।

    जबरजस्ती करणीको योजना बनाएर बालिकालाई साथीसँग छुटाएर सोही ठाउँका २१ वर्षीय नवीन विकले एकान्त स्थलमा लगे । त्यसपछि बालिकालाई सिधै प्रस्ताव राख्दा उनले अस्वीकार मात्र गरिनन् । सक्नेसम्म प्रतिकार गरिन् ।

    बालिका ठूल्ठूलो आवाजमा रोइन् कराइन् । आफूमाथि कुकृत्य गर्ने युवाको अनुहार पूरै चिथोरिन् । तर, एकान्त स्थान भएकाले गर्दा कसैले सुनेनन् । त्यति गर्दा पनि विकले बालिकालाई हल्ला गरे ढुंगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरे । नागरिक दैनिकले समाचार छापेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ