News Portal

  • आजदेखि काठमाडौंमा साझाका बिजुली बस गुडे, प्रधानमन्त्रीले यसरी गरे उद्घाटन (फोटोफिचर)

    संचारकेन्द्र संवाददाता
    ३१४ पटक

    काठमाडौं ।  साझा यातायातले मंगलबारदेखि बिजुलीबाट चल्ने बस सञ्चालनमा ल्याएको छ ।

    काठमाडौं उपत्यकामा चल्ने बसको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा उनले सन् २०२० सम्ममा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने बताए ।

    प्रधानमन्त्री ओलीले विद्युतीय बसको प्रयोगले वातावरण संरक्षणमा टेवा पुग्ने समेत विश्वास व्यक्त गरेका छन्। विद्युतीय बस सेवाको उद्घाटनपछि प्रधानमन्त्री ओली त्यही गाडी चढेर ललितपुरको पुल्चोकबाट सिंहदरबार पुगेका थिए ।साझा यातायातले चिनियाँ कम्पनी बीवाईडीले निर्माण गरेका पाँचवटा बसबाट यो सेवा शुरु गरेको हो । अहिले दुईवटा बस काठमाडौं आइपुगेको र अरु तीनवटा बस ल्याउने प्रक्रियामा रहेको पनि साझा यातायातले जनाएको छ ।साझाले विद्युतीय बस काठमाडौंपछि लुम्बिनीमा पनि चलाउने तयारी गरेको छ ।

    २०७५ कात्तिक ६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...