News Portal

  • दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    संचारकेन्द्र संवाददाता
    ८८७ पटक

    काठमाडौँ ।

    सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ । साथै दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा हालै भएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यातायात व्यवस्था विभागलगायत कार्यालयका उच्च अधिकारीहरुको बैठकले मिटरमा सञ्चालन नगर्ने ट्याक्सीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

    सरकारको उक्त निर्णय पालना नगरेमा ट्राफिक प्रहरीको फोन नं. १०३, ४२१९६४१ एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको ४२११०८७ र ९८५११४५०४५ मा खबर गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    त्यसैगरी उक्त बैठकले काठमाडौँ उपत्यकामा पहिचान भएका ६६ वटा ‘रुट’मा निर्धारित बिसौनीमा मात्र यात्रीलाई चढाउन, ओराल्न तथा फोहरको समुचित व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

    देशभर कुनै पनि किसिमका गम्भीर प्रकृतिका सवारी दुर्घटना नभएको जानकारी दिँदै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा सवारी नियमविपरीत वाहन सञ्चालन गर्ने ३८६ जनालाई कारवाही गरेको जनाएको छ ।

    यसैबीच ट्राफिक प्रहरीले यात्रीको सामान लिएर भोगेको एउटा ट्याक्सी चालकलाई आज नियन्त्रणमा लिएर सम्बन्धित यात्रीको सामान सुरक्षित रुपमा फिर्ता गराएको बताएको छ ।

    २०७५ कार्तिक १ मा प्रकाशित ।

    २०७५ कात्तिक १ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...