News Portal

  • दशैं नजिकिएसँगै असनमा उपभोक्ताको घुँइचो

    संचारकेन्द्र संवाददाता
    ३१ पटक

    काठमाडौँ । दशैं नजिकिएसँगै संघीय राजधानी काठमाडौं व्यस्त देखिएको छ । दशैंका लागि हुने किनमेलको घुँइचो थेगि नसक्नु देखिएको छ।

    विशेषतः असन, न्यूरोडमा भिडभाडसँग जाम बढेको छ । असनको भित्री बजार मात्रै नभई बाहिरी सडकमा पनि सवारीसाधनहरुको चाप बढेको छ । यो काठमाडौंको केन्द्रभागमा रहेको सबैभन्दा पुरानो बजार असन हो ।

    दशैंको बेला हिडिनसक्नु बनेका सडक र ट्राफिक जाम उस्तैछ । चाडपर्वमा धेरै जसो प्रयोग हुने मसलादेखि अनेकन सामान यही बजारमा पाइन्छ । काठमाडौंका नाम चलेका सपिङ मल र कम्पलेक्समा नपाइने सामग्री समेत यहाँ सजिलै उपलब्ध हुने भएकाले पनि विहानदेखि साँझसम्म उस्तै भिड हुने गरेको छ ।

    असन बजारमा काठमाडौंका अन्य ठाउँमा भन्दा सस्तो र राम्रो सामान पाइने विश्वास गरिन्छ । असनमा किनमेलका लागि आउने अधिकांश ग्राहकले यहाँ नुनदेखि सुनसम्म सम्पूर्ण सामान सुपथ मूल्यमा पाइने गरेको बताउँछन् ।

    दशैं बजारलाई व्यवस्थित गर्न नसक्दा समस्या देखिएको कतिपय बताउँछन् । फुटपाथमा समेत अव्यस्थित पसल सञ्चालन भएकाले ट्राफिक जामदेखिका समस्या देखिएको सर्वसाधारणको गुनासो रहेको छ । दैनिक ४० हजार रुपैयाँसम्म फुटपाथमा व्यापार हुने गरेको छ ।

    १९ औं शताब्दी अघिसम्म यो स्थानमा भारत र तिब्बतका व्यापारि भेला हुने गर्दथे र व्यपार समेत गर्थे । तर, अहिले भने स्थानीय र मुलुक भित्र र भरतीय नागरिक समेतको व्यापारीक थलो बनेको छ ।

    २०७५ असोज २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरिँदै

    काठमाडौं । आज हरिबोधिनी एकादशी । भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा...

    शहरमा मर्निङवाक खतरापूर्ण, वीर अस्पतालका डा. पौडेलले दिए यस्तो सुझाव

    काठमाडौँ । सहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ रु त्यसो हो भने ख्याल गर्नुहोस्...

    बनमन्त्री शक्ति बस्नेतलाई गृहजिल्ला बासिले हाने यस्तो झापड

    जाजरकोट । छ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतलाई सरम...

    मिराज होटलको कोठा नम्बर ५०२: मारवाडी व्यापारीकाे यस्ताे हर्कत, प्रहरी नै चकित

    काठमाडौं । काठमाडौंको बत्तीसपुतलीको मिराज होटल लर्डस् इनमा जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ...

    प्रचण्डले बादललाई साेधे- गृहमन्त्री हुने की सिंघम बन्ने ? के अायाे बादलकाे जवाफ ?

    काठमाडाैं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको...