News Portal

  • वामदेव गौतमको सांसद बन्ने योजना ध्वस्त, पार्टीभित्रै भयो यस्तो षड्यन्त्र

    संचारकेन्द्र संवाददाता
    ५७४ पटक

    काठमाडौं । पार्टीभित्रैबाट असहयोग भएपछि वामदेव गौतमले काठमाडौं ७ बाट उपनिर्वाचनमार्फत सांसद बन्ने योजनाबाट पछाडि हटेका छन् ।

    सामाजिक सञ्जाल र पार्टीभित्रै  व्यापक आलोचना भएपछि उनि पछाडि हटेको स्रोतले बातायो। गौतमका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने भनेर पत्रकार सम्मेलन नै गरेका थिए । मानन्धरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गौतमका लागि पदबाट राजीनामा दिन तयार रहेको पत्र बुझाएका थिए ।

    गौतम भने उपचुनावमाफर्त संसदमा छिर्ने योजनाबाट पछि हटेका छन् । तीब्र आलोचना भएपछि आफू निकटका केही नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजना तत्कालका लागि त्याग गरेका हुन् ।

    पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएका थिए । संसद् प्रवेशको गौतमको चाहनलाई पार्टीभित्रै धेरै नेताले शंकाको दृष्टिले हेरेका छन् ।

    प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि सफल भएका थिएनन् । काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए । तर आफुलाई असफल पार्न पार्टीभित्रबाट नै षड्यन्त्र भएको भन्दै  काठमाडौं ७ मा चुनाव लडने योजनाबाट उनि हच्किएको बताईएको छ।

    गौतमले आफूविरुद्ध पार्टीभित्रै घेराबन्दी गर्ने खेल भएको भन्दै उपनिर्वाचनबाट सांसद बन्ने योजना त्याग गरेको स्रोतले जनाएको छ ।

    गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेता घनश्याम भुषाललगायतसँगको परामर्शपछि चुनावबाट पछि हटने मनस्थिति बनाएको स्रोतले बतायो । यद्धपि यसबारेमा गौतम आफैले भने मुख खोलेका छैनन् ।

    २०७५ असोज २६ मा प्रकाशित ।

    २०७५ असोज २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...