News Portal

  • उपाधि जित्ने लक्ष्यका साथ नेपाल आज सिंगापुरसँग भिड्दै

    संचारकेन्द्र संवाददाता
    ६१ पटक

    काठमाडौं ।

    मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ।

    नेपाली समय अनुसार दिउँसो १२ :१५ बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने खेलमा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ।

    उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान ५ खेलमा समान १० अंक निकाल्दै छनोट भएका छन्। अंकतालिकामा नेपाल नेट रन रेटका आधारमा पहिलो र सिंगापुर दोस्रो स्थानमा रहेका छन्।

    जारी प्रतियोगितामा नेपालपछि सबैभन्दा बलियो टोली सिंगापुरलाई लिइएको छ। तर नेपाल भन्दा कमजोर हो। पछिल्लो समय डिभिजन ४ को फ्रम्यार्टको क्रिकेट खेलिरहेको सिंगापुर र ‘वान डे’ मान्यता पाएको नेपालको खेलस्तर फरक छ।

    नेपालले सिंगापुरसँग टी–२० क्रिकेटमा २ पटक खेलेको छ। दुबै खेलमा नेपाल विजयी भएको छ। टी–२० क्रिकेटमा नेपालले बनाएको सर्वाधिक स्कोरको कीर्तिमान पनि सिंगापुरबीरुद्धनै छ।

    सन् २०१३ मा काठमाडौंमा भएको एसीसी टि-२० कपमा सिंगापुरबीरुद्ध बनाएको २ सय १० रन नै नेपालले टी–२० मा बनाएको उच्च रन हो। उक्त खेलमा नेपाल १ सय २१ रनले विजयी भएको थियो।

    त्यो खेल खेल्नेमध्ये अहिले सुबास खकुरेल, पृथ्वु बाँस्कोटा, चन्द्र साउद, शक्ति गौचनबाहेक सबै खेलाडी छन्। यस्तै सन् २००९ मा सारजाहमा भएको एसिसि टि-२० कपको पाँचौ स्थानको प्ले अफमा पनि सिंगापुरलाई ९ विकेटले हराएको थियो।

    जारी प्रतियोगितामा नेपालले ५ खेलमा ५ मा नै फराकिलो अन्तरको जित निकालेको छ। म्यानमार र मलेसियालाई समान ८-८ विकेटले पराजित गरेको नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

    त्यस्तै भुटानमाथि १ सय १७ रनको जित निकाल्दा चीनलाई १० विकेटले पराजित गरेको थियो।

    प्रतियोगिताभर बलिङमा हाबी भईराखेको नेपालले आफ्नो क्षमता अनुसारको ब्याटिङ भने गर्न सकिरहेको छैन। नेपालका युवा स्पिनर सन्दिप लामिछानेले जारी प्रतियोगितामा २० विकेट लिइसकेका छन्। यदि आजको खेलमा पनि उनले २ वा सो भन्दा बढी विकेट लिए भने उनी एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्नेछन्।

    यस्तै आजै हुने अर्को खेलमा भुटानले म्यानमारको सामना गर्नेछ। दुबै टोली छनोटबाट बाहिरिसकेका छन्। यस्तै अर्को खेलमा घरेलु टोलीले चीनको सामना गर्नेछ। यदि आज चीनविरूद्ध जित निकाले मलेसिया पनि नेपाल र सिंगापुर सँगै छनोट हुनेछ।

    २०७५ असोज २६ मा प्रकाशित ।

    २०७५ असोज २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...