News Portal

  • नेपालमै छ यस्तो दुर्गम ठाउँ, जहाँ फोन रिसिभ गर्दा प्रतिमिनेट ५ र डायल गर्दा १० रुपैयाँ लाग्छ

    संचारकेन्द्र संवाददाता
    ३७६ पटक

    हुम्ला । हातहातमा मोबाइलले देशभर ल्यान्डलाइनको फोन प्रयोग कम हुँदै गएको छ। अझ इन्टरनेटले त एउटै घरका वल्लोपल्लो कोठामा समेत संवाद हुन थालेको छ।

    हुम्लाको नाम्खा गाउँपालिकास्थित लिमी गाउँका बासिन्दाले भने फोन गर्न पनि पालो कुर्नुपर्ने अवस्था छ। ‘एउटै फोन छ, जिमी क्षेत्रका तीन गाउँका बासिन्दाले फोन गर्नुपर्छ, त्यसैले पालो कुरेर बस्छौँ’, स्थानीय निमाछिरिङ तामाङले भने। उनका अनुसार फोन दिउँसो घाम लागेका वेला मात्र चल्ने गरेकाे छ।

    बिहान, बेलुकी र राति काम दिँदैन। लिमीमा नेपाल टेलिकमको एउटा भी-स्याट फोन छ। त्यसैका भरमा सबैले खबर आदानप्रदान गरिरहेको स्थानीय कोलाप्साङ तामाङले बताए ।

    लिमी क्षेत्रमा तिल, हल्जी र जाङ गरी तीन गाउँ र जम्मा २७५ परिवार छन्। गाउँपिच्छे एक–एक थान भी-स्याट फोन छ। यी तीनै सेटबाट फोन गर्दा प्रतिमिनेट १० र आएको फोन रिसिभ गर्दा पाँच रुपैयाँ तिर्नुपर्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

    २०७५ असोज २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...