News Portal

  • पूर्वप्रधानमन्त्रीका छोरालाई जन्मकैद तोकियो, घटनाले देशभर गलचल, यस्तो छ कसुर

    संचारकेन्द्र संवाददाता
    ५४५२ पटक

    काठमाडौं ।

    बंगलादेशको विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेतृ बेगम खालिदा जियाका छोरालाई बुधबार जन्मकैदको फैसला सुनाएको छ ।

    सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेदमाथि बम आक्रमणको घटनामा संलग्न रहेको आरोपमा जियाका छोरा तारिक रहमानलाई यो सजाय सुनाइएको हो । रहमान विपक्षी बंगलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष हुन् ।

    उनका पिता जियाउर रहमानले सन् १९७१ मा बंगलादेशलाई सैनिक मेजर हुँदा स्वतन्त्रता सेनानी शेख मुजीबुर रहमानको आदेशमा स्वतन्त्र घोषणा गरेका थिए। पछि उनी सैनिक जर्नेल हुँदै उक्त मुलुकको सातौं राष्ट्रपति बनेका थिए । सन् १९८१ मा सेनाबाटै उनको हत्या भएको थियो ।

    बंगलादेशमा हालकी प्रधानमन्त्री मुजीबुर रहमानकी छोरी हुन् भने प्रमुख विपक्षी बेगम उनै जियाउरकी श्रीमती हुन् ।

    भ्रष्टाचार मुद्दामा गत फेब्रुअरीदेखि आमा जियालाई कैद गरिएपछि बेलायतमा शरण लिइरहेका रहमानमाथि पनि यो सजाय सुनाइएपछि यसै डिसेम्बरमा घोषणा गरिएको आम निर्वाचनमा विपक्षी पार्टीको अवस्था झनै नाजुक बनेको छ । रहमानले लण्डनबाटै निर्वाचनको तयारी गर्दै आएका थिए ।

    १४ वर्षअघिको यसै घटनाका दोषी बताउँदै रहमानबाहेक १९ जना अन्यलाई भने अदालतले मृत्युदण्ड नै सुनाएको छ। उनीहरु अधिकांश विपक्षी पार्टीकै नेता कार्यकर्ता हुन् । जसमध्ये एकजना लुतफुज्जामान बाबर कनिष्ठ गृहमन्त्री रहिसकेका छन् ।

    सन् २००४ को एउटा र्‍यालीमा हसिनाले भाषण गर्नेबित्तिकै गरिएको ग्रिनेड आक्रमणमा २४ जनाले ज्यान गुमाएका थिए । त्यस घटनामा पाँच सयजना भन्दा बढी घाइते भएका थिए । मृतक र घाइतेमध्ये अधिकांश बर्तमान सत्ताधारी र उतिबेलाको विपक्षी दल अवामी लिग पार्टीसँग आवद्ध थिए । यो घटनापछि बंगलादेशमा व्यापक हलचल भएको छ । एजेन्सी

    २०७५ असोज २५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...