News Portal

  • वामदेवलाई प्रचण्डको झट्का, अब के हुन्छ काठमाडौं ७ मा ?

    संचारकेन्द्र संवाददाता
    ६६५ पटक

    काठमाडौं । 

    नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

    उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिने चर्चाको बारेमा पार्टी कुनै निर्णय नभएको बताए । अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए ।

    वर्तमान सरकार पाँच वर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा कसरी काम गर्न सकिने विश्वास व्यक्त गरे ।

    पाथीभारा सद्भावनादूत परिचयपत्र वितरण तथा चाडपर्वका अवसरमा बुधवार आयोजित चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले यसबीचमा छिमेकीसँगको सम्बन्धमा सुधारका साथै विभिन्न सकारात्मक काम गरेको तर सोचे जति तीव्ररुपमा काम गर्न नसकेको भनी उठेको प्रश्नमाथि आफूहरूको ध्यानाकर्षण भएको बताए ।

    आफू र प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीबीच सरकार सञ्चालन र पार्टीका विषयमा गम्भीर समीक्षा भएको बताउदै प्रचण्डले जनभावना अनुसार कडारुपमा दण्डसजाय प्रणाली स्थापित गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउन देखिएका कमजोरी सुधारेर अघि बढ्ने पर्याप्त सम्भावना रहेको बताए ।

    २०७५ असोज २५ मा प्रकाशित ।

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...