News Portal

  • माछापुच्छ्रे बैंकका ब्रान्ड एम्ब्यासडर गिरी र राईलाई अर्को सफलता

    संचारकेन्द्र संवाददाता
    १५८ पटक

    काठमाडौं ।

    माछापुच्छ्रे बैंक लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू–१४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन्।

    नेपाल लगायत भारत, जापान, अमेरिका, सिङ्गापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरी उक्त उपाधि जितेका हुन्। यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एसियामै उत्कृष्ट मानिने यू १४ टेनिस प्रतियोगिताको लागि थप उर्जा मिलेको गिरीले बैंकलाई बताएका छन्।

    आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरीले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन्।

    त्यसै गरी बैंकका अर्का प्रतिभावान ब्रान्ड एम्ब्यासडर मिरा राईले पनि अगस्ट महिनामा इटालीमा आयोजित ट्रोफियो किमा–स्काई रनिङ्ग वल्र्ड सिरिजमा तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन्। बैंकले यस वर्ष खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको थियो।

    बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।

    २०७५ असोज २४ मा प्रकाशित

    २०७५ असोज २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...