News Portal

  • वामदेवको पक्षमा निर्णय नगर्न भीम रावलले दिए कडा चेतावनी

    संचारकेन्द्र संवाददाता
    २९० पटक

    काठमाडौं ।

    नेकपाका स्थायी समीति सदस्य भीम रावलले नेकपाकै सचिवालय सदस्य बामदेव गौतम चुनाव लड्न लागेको भन्ने समाचारप्रती असन्तुष्टी जनाएका छन् ।

    नेता गौतम काठमाण्डु ७ बाट चुनाव लड्ने समाचार सार्वजनिक भएलगत्तै रावलले त्यसमा असन्तुष्टी पोखेका हुन् । पुर्व रक्षा र गृहमन्त्री समेत भइसकेका नेता रावल हाल नेकपाको ७ नम्बर प्रदेशका ईन्चार्ज समेत हुन । उनले पछिल्लो समय पार्टी संस्थागत ढंगले चल्न छाडेको बताउँदै आएका छन् ।

    रावलले गौतमको चुनाव लड्ने निर्णयको सामाजिक संजाल टिवटर मार्फत विरोध जनाएका हुन् । उनले ट्विटरमा लेखेका छन् ‘विधि, प्रक्रिया र राष्ट्रिय हितबारे पार्टि स्थायी कमिटीमा छलफल अत्यावश्यक छ । राष्ट्रिय र पार्टी जीवनमा दीर्घकालीन प्रभाव पार्ने विषयमा छलफल बिना निहित स्वार्थ र आवेगले निष्कर्ष निकाल्ने काम कतै नहोस् ।’

    यता नेपाल प्रचण्डले काठमाडौं ७ नम्बर क्षेत्रमा आफ्नो पार्टीले सिट गुमाउने गरि निर्वाचन नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने,- ‘ ७ नम्बर क्षेत्रमा नेकपाले सिट गुमाउने गरि निर्वाचन हुँदैन ।’

    काठमाडौं क्षेत्र नम्बर७ बाट नेकपाका सांसद रामवीर मानन्धरले नेता वामदेव गौतमलाई छोड्दिने निर्णय गरेपछि अध्यक्ष प्रचण्डको यस्तो धारणा सार्वजनिक भएको हो ।

    २०७५ असोज २४ मा प्रकाशित ।

    २०७५ असोज २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...

    ‘सुनको टुक्रा हामीसँग छ’ युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको देख्दा दिक्क लाग्छ:प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमै बसेर काम...

    शृंखलाबद्ध बम बिस्फोटपछि गृहमन्त्री बादलको यस्तो एक्शन, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

    काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद...

    महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै सीवाइसी अत्तरिया डीपीएल ३ च्याम्पियन

    काठमाडौँ  । सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ...