News Portal

  • एक सय ४४ मेट्रिक टन चिनी नेपालगन्ज भन्सारमा रोकियो, यस्तो छ कारण

    संचारकेन्द्र संवाददाता
    ४५ पटक

    बाँके । 

    सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएपछि एक सय ४४ मेट्रिक टन चिनी तीन सातादेखि नेपालगन्ज भन्सारमा रोकिएको छ । व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी ल्याएको चिनी भन्सारमै रोकिएको हो ।

    मन्त्रिपरिषद् बैठकले गत ३१ भदौमा भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साबिकका मध्य र सुदूरपश्चिमका लागि ल्याइएको चिनी नेपालगन्ज भन्सार कार्यालयमा थन्किएको हो । सरकारले भारतबाट आएको चिनी आयात नगर्ने निर्णय गरेको भोलिपल्ट व्यापारीको चिनी नेपालगन्ज आइपुगेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए ।

    उनले मन्त्रिपरिषद्को निर्णयपछि चिनी आएकाले भन्सार गर्न नसकेको बताए । ‘सरकारले निर्णय गर्नुभन्दा अगाडि नै व्यापारीले भारतमा चिनी खरिद गरेर ट्रान्सपोर्टमा हालेको हुनुपर्छ, तैपनि चिनी आइपुग्नुभन्दा पहिले नै सरकारले आयात नगर्ने निर्णय गरिसकेकाले भन्सार गर्न मिलेन,’ उनले भने ।

    व्यापारीले दसैँ र तिहारका लागि दसैँअघि नै चिनी खरिद गरेका थिए । भन्सार अधिकृत श्रेष्ठले ४२ लाख भारतीय रुपैयाँ अर्थात् ६७ लाख नेपाली रुपैयाँको चिनी भन्सार हुन नसकेको बताए । उनले नेपालगन्ज भन्सारमा मात्र नभई वीरगन्ज, भैरहवा, धनगढी, विराटनगरलगायत भन्सारमा पनि चिनी थन्किएको बताए । भन्सार महाशाखाले नेपालगन्ज भन्सारमा रोकिएको चिनीको बारेमा सोधपुछ गरे पनि विकल्पका लागि कुनै निर्देशन आएको छैन ।

    भारतबाट चिनी आयातमा सरकारले रोक लगाए पनि नेपालगन्जमा चिनीको मूल्य नबढेको व्यापारीले दाबी गरेका छन् । व्यापारीले प्रतिकिलो ७० देखि ७५ रुपैयाँमा चिनी बिक्री गर्दै आएको नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले बताए ।

    ‘क्वालिटीको आधारमा व्यापारीले चिनीको मूल्य तोक्ने गरेका छन् । चिनी हेरेर कसैले धेरै र कसैले कम मूल्यमा बिक्री गरिरहेका छन्,’ नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चुन्नाले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

    प्रतिकृया दिनुहोस्

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...

    दशैंलगत्तै ओली सरकारमा हुँदैछन यस्ता दुई ठुला परिवर्तन, महेश बस्नेतले खोले रहस्य

    काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र...