News Portal

  • पहिलोपटक नेपालको उत्कृष्ट प्रदर्शन, चीनलाई मात्रै २७ रनमा समेट्यो

    संचारकेन्द्र संवाददाता
    २६२ पटक

    काठमाडौं ।

    आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रिय छनोट प्रतियोगितामा चीनले नेपाललाई २७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गर्न आएको चीन १३ ओभरमा २६ रन बनाउँदै अल आउट भयो । नेपालले अन्तर्राष्ट्रियस्तरमा निक्कै उत्कृष्ट प्रदर्शन गरेको यसलाई मान्न सकिन्छ ।

    नेपालका सन्दीप लामिछाने र बसन्त रेग्मी र ललित नारायाण राजबंशीले समान ३–३ विकेट लिए । एक जना ब्याट्सम्यानभने रन आउट भएका थिए । बसन्त र सन्दीपले ४ ओभरको स्पेल पूरा गरेका थिए । जसमा सन्दीपले ३ विकेट लिँदा ४ रन खर्चिए । यसैगरी बसन्त रेग्मीले ५ रन खर्चिएका थिए । ललितले ३ ओभरमा १२ रन दिएका थिए ।

    पहिलो विकेट ६ रन हुँदा गुमाएको चीनले दोस्रो विकेट २१ रनमा गुमाएको थियो । तर २१ रनहुँदा हुँदा चीनले थप ४ वटा विकेट गुमाएको थियो । २५ रन हुँदा चीनले सातौ विकेट गुमायो । २६ रन हुँदा चीनले आठाैँ विकेट गुमाएको थियो । २६रनकै स्कोरमा ललित राजबंशीले नेपाललाई नवौँ र दशौं सफलता दिलाएका थिए ।

    चीनका होङजियान याङले सर्वाधिक ११ रन जोड्नु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । दोस्रो ठूलो रन डेन्जिमाले ५ रन जोडेका थिए । यसैगरी चेनजिङ फिनले १ रन बनाए । चीनका अरु ब्याट्सम्यान शून्य रनमा आउट भए ।

    २०७५ असोज २४ मा प्रकाशित ।

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...