News Portal

  • प्रधानमन्त्रीको रबैयाले रुँदै गाउँ फर्किए सुस्ताबासी

    संचारकेन्द्र संवाददाता
    ८०७ पटक

    काठमाडौं ।

    सीमामा दैनिक भोग्नुपरेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् ।

    सीमामा भारतीय पक्षबाट भइरहेका ज्यादतीबारे सरकार प्रमुखलाई प्रत्यक्ष भेटेर पीडा पोख्न चन्दा उठाएरै आएका उनीहरुले प्रधानमन्त्री ओलीको समयसम्म पाएनन् । पटकपटक प्रधानमन्त्रीलाई भेट्न खोज्दासमेत समय नदिएपछि सोमबार फर्किएको सुस्ताबासीले गुनासो गरे । २४ जनाको टोली गत असोज ९ गते राति राजधानी आएको थियो । सुस्ताबाट आई राजधानीमा बसोबास गर्दै आएकाहरुले उनीहरुलाई साथ दिएका थिए ।

    सुस्ता बचाउ अभियानका अध्यक्ष गोपालप्रसाद गुरुङले भने, ‘टोली आउँदा प्रधानमन्त्री अमेरिका हुनुहुन्थ्यो । उहाँ आएपछि भेटेर ज्ञापनपत्र बुझाउन बसेका थियौं, भेट्ने निकै प्रयास ग¥यौं । तर सकिएन ।’ उनका अनुसार सुस्ताका अधिकांश स्थानीय खेती भित्र्याउने समयमा सीमा समस्या समाधानको माग गर्न आएका थिए । लुगाफाटो, तरकारी र खानेकुरा आफैं लिएर आएका उनीहरु थापाथलीस्थित कालमोचन घाटमा आश्रय लिएर बसेका थिए ।

    उनले भने, ‘चुनावको समयमा राष्ट्रियताका कुरा धेरै उठ्छ तर जितेर गएपछि राष्ट्रियता सबै हराउने रहेछ । सुस्ताका सम्बन्धमा पनि त्यही भयो । राष्ट्रियताका बारेमा चुनावमा खुब कुरा उठ्यो , अहिले कोही पनि बोल्दैनन् ।’ उनका अनुसार काठमाण्डु बसाइमा गाउँलेका ८० हजार खर्च भयो । ३८ हजार गाउँपालिकाले सहयोग गरेको थियो । बाँकी गाउँले आफैंले बेहोरेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

    २०७५ असोज २४ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...