News Portal

  • सामना परिवारको जनसंगीत अभियान, काठमाडौंमा यस्तो बेजोड प्रस्तुति

    संचारकेन्द्र संवाददाता
    ६०८ पटक

    काठमाडौं ।

    देशभर सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउदै आएको सामना सांस्कृतिक परिवारले काठमाडौंमा बेजोड प्रस्तुति देखाइरहेकाे छ ।

    ‘शान्ति समृद्धि र समानताका लागि वैज्ञानिक समाजवाद, वैज्ञानिक समाजवादका लागि सामना जनसंगीत अभियान’ भन्ने मुल नाराका साथ आइतबारदेखि जनसांस्कृतिक महासंघको केन्द्रीय टोली सामना परिवारले काठमाडौंको जमलस्थित नाँचघरमा विशेष सांगीतिक प्रस्तुति दिइरहेको छ।

    आइतबार पहिलो दिन जनवादी सांस्कृतिक आन्दोलनका अग्रजहरुको साथमा कलाकारहरुले प्रस्तुति दिएका छन्। कार्यक्रममा जनवादी कलाकारहरु रायन, जेबी टुहुरे, लक्ष्मी गुरुङ विद्रोही लगायतको उपस्थिति रहेको थियो। ६ वटा नृत्य, ७ वटा गीत, ओपरा र नाटक प्रस्तुत गरिएको थियो।

    कार्यक्रमका वक्ताहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहरुले माओवादी आन्दोलनका एजेण्डाहरु बेचेर खाएको आरोप लगाए। साथै नेपालमा प्रचण्ड, बाबुरामहरुले अधुरै छोडेको क्रान्ति पुरा गर्ने अभिभारा अब विप्लव नेतृत्वको नेकपाले बोकेको भन्दै गोलबन्द हुन सबैलाई आग्रह गरे ।

    नेपालमा वर्तमान कम्युनिष्ट सरकारका गतिविधिलाई कलाको माध्यमबाट खबरदारी गर्न कार्यक्रम आयोजना गरिएको सामना परिवारले जनाएको छ। आज सोमबार कार्यक्रममा जनगायक हेमराज आश्रम र चर्चित गायिका निर्मला घिसिङले आफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन ।

    २०७६ असोज २२ मा प्रकाशित ।

    २०७५ असोज २२ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...