• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    क्रान्तिकारीको कन्चनपुर अध्यक्षमा नरेन्द्र भाट सर्वसम्मत, यस्तो छ २७ सदस्यीय नयाँ कार्यसमिति

    8.4K
    SHARES


    कन्चनपुर ।

    अखिल(क्रान्तिकारी) कन्चनपुरको १५ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । नरेन्द्र भाटको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन गर्दै आइतबार सम्मेलन सम्पन्न भएको उक्त सङ्गठनले जनाएको छ।

    त्यस्तै सम्मेलनले सङ्गठनको उपाध्यक्षमा सारदा शर्मा, सचिवमा ललीत एसके, सह-सचिवमा दिपक अवस्थी र कोषाध्यक्षमा टेकेन्द्र पाठकलाई चयन गरेको छ ।

    शंकर महराको अध्यक्षतामा सम्पन्न सम्मेलनका प्रमुख अतिथि नेकपा महाकाली व्युरो ईन्चार्ज राप्ती थिए । नेकपाका महाकाली व्युरो सदस्य पुकार, कन्चनपुर जिल्ला ईन्चार्ज अग्नि, सेक्रेटरी परीवर्तन र  विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराई  लगायतका नेताहरु अतिथि रहेको उक्त कार्यक्रम भब्यरुपले सफल भएको सङ्गठनका नवनिर्वाचित जिल्ला अध्यक्ष भाटले जानकारी दिए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राप्तीले शैक्षिक क्षेत्रमा देखिएको विकृत र विसंगतिबिरुद्ध शसक्तरुपमा संघर्ष चाल्नुपर्ने बताए ।

    साथै शैक्षिक क्षेत्रमा देखिएका अन्य दलालीकरण, माफीयाकरण र निजिकरणको अन्त्य गर्दै सर्वसुलभ तरीकाले शिक्षामा आम जनताको पहुँच पुर्याउने विषयमा जोड दिदै बैज्ञानिक समाजवादी शिक्षा प्रणालसहितको राज्य सत्ता निर्माणका लागि अन्तिम आन्दोलनको तयारीमा लाग्न समेत उनले क्रान्तिकारी विद्यार्थीहरुमा अपिल गरे ।

    यसैबीच अखिल (क्रान्तिकारी) कन्चनपुरको नेतृत्व सम्हालेलगत्तै भाटले जिल्लामा ब्याप्त महँगी, भ्रष्ट्राचार, शैक्षिक क्षेत्रमा ब्याप्त दलालिकरण र माफियाहरुको मनपरीबिरुद्ध आन्दोलन छेड्ने बताएका छन् ।

    संचारकेन्द्रसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भाटले दशैंको मुखैमा अत्यावश्यक र दैनिक उपभोग्य बस्तुमा मनपरी तरिकाले मुल्यबृद्धि भइरहेको भन्दै आपत्ति जनाए । साथै पेट्रोलियम पदार्थमा लगातार रुपमा भइरहेको मूल्यवृद्धिको समेत उनले बिराेध जनाएका छन् । जनताको ढाड सक्नेगरी भइरहेको यसप्रकारको मुल्यबृद्धि तत्काल फिर्ता लिन सम्बन्धित पक्षलार्इ उनले आग्रह गरेका छन् ।

    २०७५ असोज २१ मा प्रकाशित ।

    प्रतिक्रिया