News Portal

  • अमरत्व प्राप्त गर्न सकेकाे भए भाग्यमानी ठान्थे हाेला

    संचारकेन्द्र संवाददाता
    ४७५ पटक

    अमरत्व प्राप्त गर्नसकेकाे भए भाग्यमानी ठान्थे हाेला
    रगतकाे अाहलमा काेहि बुट कुल्चिन्थे काेहिले त सहिद भन्थे हाेला

    गाेली मेराे छातीमा लागेन र म सहिद बनिन

    आकाश जति बेला सुनसान जस्तै थियो
    तर गडगहडाड भने बादल बिनाको थियो !
    हो त्यही ,समय त्यतिबेला !
    असिनाजस्तै गाेली बर्सिदा तिमीसंगै थिए
    मंगलसैनकाे महासंग्राममा
    लानाकाे महाभारतमा
    गराजुकाे खाेचमा
    तर त्याे साैभाग्य मेराे भागमा परेन
    प्रिय सहिद म तिमीसंगै अमरत्व
    मैले पाउन सकिन
    किनकि गोलिहरु सँग म थिए
    म सँग गोली नभए जस्तै गर
    ती गोलीका छर्राहरु मेरो शरीर मा लागेनन् र म घाइते हुन सकिन
    दुश्मन काे निसानी, असफलसिद्द भयाे
    मृत्युु जितेर दुनियाँ बदल्ने अभियानमा
    एउटा यात्री बनेर
    रणमैदानकाे राप र तापसँग
    मेरा पाइलाहरु चालिरहँदा
    दुश्मन सामु जीवनकाे भिक्षा मागिन !
    बैरीहरुका षड्यन्त्रको मूल्य राखिन !
    अनि अामा बाकाे न्यानाेपनकाे प्रवाह गरिन
    कलम र किताबसँगकाे साइनाे
    सपनाकाे सिरानी मा सजायर
    म पनि तिमीसंगै जीवममरणकाे
    महाअभियानमा
    चाहानाहरुलाई थन्काएर
    इच्छा र रहरहरुलाई बन्धकी बनाएर
    नयाँ युगकाे युगिन अभिभारा
    क्रान्ति ठान्दै
    जनतासँगकाे जीवन पार्टी अनि नेतृत्व
    अभिभावक मान्दै
    हाे तिमिसँगसँगै खारा अनि बेनीमा लडे
    म्याग्दी पाल्पा अनि पिलीमा लडे
    अपिशैपालकाे काखमा हिडे
    चुली अनि जुनीकाे साथ बढे
    तर खै दुश्मनकाे गाेली
    छातीमा लागेन, खुट्टामा लागेछ
    र म तिमीजस्तै सहिद बन्ने अबसर गुम्याे
    प्रिय सहिद,
    संग्रहालयमा थन्किनसक्ने कथा थिएन
    तिम्राे जीवन र मेराे रगत
    अवसरबादीहरुले हडप्ने
    जमिन थिएन, जनताकाे पसिना अनि
    बलिदानकाे गाथा
    न त भाबी पुस्ताले सुन्ने कहानी नै थियाे
    महानसमरकाे गाथा
    तिम्राे बलिदानकाे छातीमाथि
    क्रान्तिका मतियारहरुका बुटले किचेकाे देख्दा
    तिम्रो रगतकाे अहालमाथि
    ति कसुर बन्द मानिएकाहरुको अालिसान महल देख्दा
    बिरताकाे गाैरवपुर्ण गाथामा
    मिथ्या मानवहरुकाे रजाइ देख्दा
    अपमानका बर्षाहरुसँगै झेल्दैछु
    बैसागीकाे साहारामा लर्खरिदै
    जीवन जितेर संसार बदल्ने एक यात्रामा
    म यात्री हुँदै छु
    प्रिय सहिद,
    म गाैरवकाे गाथा बन्न सकिन
    किन कि !
    मेरा सपनाहरूको हत्या भएको यो सहरमा छु ।
    अवसरबादीहरुकाे अाहारा बनिराछु
    तिम्रा अात्माहरुकाे साहारा बनिराछु
    हाे म तिमीसंगै लडाइँको माेर्चामा थिए ।
    त्यो तारेभिरको कहालीलाग्दो चट्टानभित्रको बास होस् या
    ती सुन्दर नगरी
    रामारोशन , अनि यता बिनायकका हवाई गस्तीमा होस् ।
    या कालिकोट माल्कोटभित्र छिरेका !
    संगिनका तिरहरु सँग होस्
    हो म त्यही थिए र आज मेरो
    कान गुम्याे बहिराे बने
    अाँखा गुम्याे अन्धो बने
    खुट्टा गुम्याे लङ्गडाे बने
    मेरुदण्ड गुम्याे, प्यारालाइसेस भए
    तर गाेलीकाे निसाना चुक्याे सहिद बन्न सकिन !
    बिरताकाे इतिहास रच्न सकिन
    र त अबसरबादीहरुकाे रजाइँ नियालेर बसिराछु
    गाैरबकाे गाथा बन्न सकिन !

    आकाशमा हराएका ताराहरुको खोजीको यात्रा !
    आज यहि घाइते शरीरले धन्न धानेको छु ।
    देखिने परिवर्तनको बाटो पटक्कै हिडेकी छैन
    म आफूले परिवर्तन गर्ने बाटो अगालेकी छु ।
    तर सहिद बनिन !
    आधा शरीर लिएर परिवर्तनबाट पछि हटिन ,
    जीवन जितेर सपना बाँडेका यात्राहरु
    आज पनि उस्तै मानिकी छु र त
    लक्ष्यमा पुग्ने साहास बटुलेकी छु ।
    जो जीवन घाइते लिएकी छु !
    तर सहिद बन्न सकिन
    लक्ष्य चुमेकी छु ।

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...