News Portal

  • पारस र सन्दीप चम्किएपछि मलेसियामाथि नेपालको सहज जित

    संचारकेन्द्र संवाददाता
    २०१ पटक

    काठमाडौं । सन्दीप लामिछाने र कप्तान पारस खड्काको उत्कृष्ट प्रदर्शनसँगै नेपालले टी २० विश्वकप एसिया छनोट बीमा मलेसियामाथि ८ विकेटको जित हात पारेको छ । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

    क्वालालम्पुरमा घरेलु टोलीले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । कप्तान पारस खड्का ५२ रनमा अविजित रहे भने उपकप्तान ज्ञानेन्द्र मल्लले नटआउट २७ रन बनाए ।

    नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर अनिलकुमार साह एक रनमा आउट भए, जतिबेला टिमको स्कोर मात्र २ रन थियो । विनोद भण्डारीले १२ रन बनाए ।

    यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो । उसका सफिक शरिफले ४९ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

    मलेसियालाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिएका थिए । सोमपाल कामीले तीन र पारस खड्काले १ विकेट लिए ।

    २०७५ असोज २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...

    ‘सुनको टुक्रा हामीसँग छ’ युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको देख्दा दिक्क लाग्छ:प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमै बसेर काम...

    शृंखलाबद्ध बम बिस्फोटपछि गृहमन्त्री बादलको यस्तो एक्शन, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

    काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद...

    महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै सीवाइसी अत्तरिया डीपीएल ३ च्याम्पियन

    काठमाडौँ  । सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ...