News Portal

  • सहकारीको अनौठो ठगी धन्दा, गुण को-अपरेटिभबाट बचतकर्ताको २० लाख गायव

    संचारकेन्द्र संवाददाता
    ३६० पटक

    काठमाडौँ ।

    काठमाडौँको मिन भवनमा रहेको गुण को-अपरेटिभ लिमिटेडले नागरिकको लाखौ रकम गायब पारेको खुलासा भएको छ । राजेन्द्र शाक्य अध्यक्ष रहेको उक्त सहकारीले बचतकर्ताले जम्मा गरेको रकम गायब गरेको समाचार प्राप्त भएको छ ।

    सहकारीले आफ्नो २० लाख रुपैया गायब बनाएर बिचल्ली पारेको काठमाडौँका जयराम श्रेष्ठले बताएका छन् । २०६९ असोज २१ गते उक्त सहकारीमा खाता खोलेर जम्मा गरिएको रकम गायब भएको जयराम श्रेष्ठले संचारकेन्द्रलाई बताए ।

    सहकारीमा रकम जम्मा गर्दा तत्कालिन बेला १८ प्रतिशत ब्याज दिन्छु भनेर रकम जम्मा गर्न लगाइएको र ३ बर्षपछि आफुले २०७२ मंसिर १५ गते चेक काटेर आबस्यक रकम झिक्न जाँदा सबै पैसा गायव भएको थाहा पाएको श्रेष्ठले बताएका छन् ।

    आफुले खाता खोलेर जम्मा गरेको रकम सहहकारीले खाइदिएपछि श्रेष्ठले डिभिजन सहकारी कार्यालय ललितपुरमा निबेदन दिएर रकम फिर्ता गराइदिन माग समते गरेका थिए ।

    निवेदनमा सहकारीका संचालक बताउने राजेन्द्र शाक्य, रबिन्द्र भक्त श्रेष्ठ (कसुला) र राजन प्रजापति मार्फत उक्त पैसा जम्मा गरिएको उल्लेख गरिएको छ ।

    श्रेष्ठको निवेदनपछि सहकारी डिभिजन कार्यालयले गुण को-अपरेटिभलाई रकम तत्काल फिर्ता गरी सोको जानकारी डिभिजन कार्यालयमा गराउन निर्देशन दिएको देखिन्छ ।

    समस्याग्रस्त सहकारीको सूचिमा परेको गुण को-अपरेटिभले हालसम्म सर्बसाधारणको १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरिसकेको बताइएको छ ।यसअघि नै उक्त सहकारीले बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने कार्यमा निकै ढिलासुस्ती गरेको समाचार बाहिर आइसकेको थियो ।

    यसरी सहकारीहरूले ठगी गर्न थालेपछि तत्कालिन अबस्थामा उता व्यबस्थापिका संसदले सहकारी ठगी गर्नेलाई बिगो, जरिवाना र १० वर्षसम्म जेल सजायँ गर्ने सहकारी विधेयक पारित गरेको थियो ।

    कमजोर कानुनका कारण सहकारीमा अत्यधिक ठगी बढेपछि नयाँ ऐनमा कडा कारवाहीको व्यवस्था गरिएको थियो । नयाँ सहकारी ऐन कार्यान्वयनमा आएपछि जनताको अर्बौं रकम गठी गर्ने सहकारी संस्थाहरुलाई कारबाही हुने विश्वास गरिएको छ ।

    हालसम्म सहकारीमा हुने ठगीलाई मुलुकी ऐन ठगीको महल अन्तर्गत मुद्दा चल्दै आएको थियो । सहकारी ऐन–२०४८ मा ठगी गर्नेलाई अधिकत १५०० रुपैयाँ जरिवाना हुने र ठगी मुद्दामा कारवाही गरिने व्यवस्था थियो ।

    सहकारी क्षेत्रमा व्यापक ठगी हुन थालेपछि सरकारले ०७० कात्तिक २७ गते पूर्वन्यायाधीस गौरीबहादुर कार्कीको संयोजकत्वमा सुशीलराम माथेमा र सीताराम उप्रेती सदस्य रहेको समस्याग्रस्त सहकारीका लागि उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

    आयोगले तत्कालीन प्रधानमन्त्री शुसील कोइरालालाई ०७१ जेठ ५ गते प्रतिवेदन र नयाँ सहकारी ऐनको मस्यौदा बुझाएको थियो । आयोगमा १२ हजार बचतकर्ताले डेढ सय सहकारी संस्थाविरुद्ध उजुरी दिएका थिए ।

    सर्वसाधारणले ती सहकारी संस्थाले आफूहरुको ११ अर्ब रुपैयाँ ठगी गरेको उजुरी दिएका थिए । २१ हजार ६ सय २८ उजुरी परेको भएपनि १२ हजार ४ सय ६१ उजुरी दर्ता भएका थिए ।

    सहकारीमा बचत गर्नेहरुले ७ अर्ब ५८ करोड रुपैयाँ साँवा र २ अर्ब ३९ करोड रुपैयाँ व्याज फिर्ता नपाएको देखिएको आयोगले जनाएको थियो । अहिले नेपालमा रहेका ३३ हजार सहकारीमध्ये १३ हजारले बचत तथा ऋणको कारोबार गर्छन् ।

    २०७५ असोज २१ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...