News Portal

  • अपडेट: चौकी छोडेर भागेका प्रहरीको बर्दी खोसियो, भागेका अभियुक्तलाई पनि छोडिन्न: डिएसपी खिउजु

    ३४५८ पटक

    अंग्रिसा केसी, काठमाडौं ।

    ललितपुर महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी राजकुमार खिउजुले इलाका प्रहरी कार्यालय टंगोल छोडेर हिडेका प्रहरीहरुको बर्दी थुतेर थुनामा राखिएको बताएका छन् ।

    बलात्कारीलाई भगाएको भन्दै बिहिबार स्थानीयले इप्रका घेराबन्दी गरेपछि ७/८ जनाको संख्यामा रहेका प्रहरीहरु भागेका थिए । तर उनीहरु भागेको नभइ सबैको आँखा छलेर चौकीबाट फरार भएका अभियुक्तलाई खोज्न हिडेको डिएसपी खिउजुले बताए । तर विशेष परिस्थितिमा उनीहरु चौकी छोडेर हिडेकोको कार्वाही गरिने बताएका छन् ।

    उनले चौकीबाट सबैको आँखा छलेर भागेका अभियुक्तलाई समेत जुनसुकै हालतमा पक्राउ गरिने बताए । “छानविन गरेर गल्ती गरेका प्रहरीमाथि कारवाही हुन्छ । उहाँहरुलाई अहिले थुनामा राखिएको छ’ डिएसपी खिउजुले संचारकेन्द्रसँग भने – ‘फरार भएको त्यो केटालाई पनि जुनसुकै समात्छौै हामी ।’

    गएराति जिल्लाको महाकाल गाउपालिका गोटिखेलकी एक १३ बर्षीया बालिकामाथि जबर्जस्ती प्रयास गर्न लागेको अवस्थामा बालिकाका आमाबाबुले रंगेहात फेला पारेका थिए । आमाबाबु देखेर पाइन्ट र भित्रि बस्त्र (अन्डरवेयर) कोठामै छोडेर भागेका ति युवकलाई स्थानीयले नियन्त्रणमा लिएर बिहिबार बिहान ४ बजे इलाका प्रहरी कार्यालय टंगोलमा बुझाएका थिए ।

    पछि करिब बिहान ९ बजे दोषीलाई कारवाहीको माग गर्दै जनप्रतिनिधि र स्थानीयहरु प्रहरी चौकी पुगे । प्रहरीले जनप्रतिनिधि र स्थानीयसँग छलफल गरिरहेको अवस्थामा प्रहरी चौकीभित्रै रहेका ति युवक पछाडिको झ्यालबाट भागेको प्रहरीले जनाएको छ । तर स्थानीयले भने प्रहरीकै मिलेमतोमा अभियुक्त भगाइएको आरोप लगाएका छन् ।

    यता जनप्रतिनिधिसहित पिडित परिवार र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै प्रहरी चौकीको ढोकामै धर्ना दिइरहेको अवस्थामा प्रहरीले ति युवकलाई झयालबाट भगाएको महाकाल गाउपालिकाका प्रमुख रामचन्द्र दाहालले संचारकेन्द्रलाई बताए ।

    ‘बाहिर चौकीको अगाडी हामी सँगै बसेका छौं, भित्र कोठामा लागेको अपराधी पछाडि झ्यालबाट भगाए’ प्रमुख दाहालले संचारकेन्द्रसँग भने- ‘मान्छे भाग्ला है भन्दा भन्दै पनि, हैन भित्र छ भनेर हामीले गुमराहमा राखियो र प्रहरीको मिलेमतोमा अपराधी भगाइयो ।’

    ति युवकको पूर्णरुपमा पहिचान हुन नसके पनि नजिकै घर बनाउने ठाउँमा आएको कामदार भएको बुझिएको प्रहरीले जनाएको छ । दिनभर तनावग्रस्त बनेको गोटिखेल साँझसम्म आउँदा साम्य बनेको छ ।

    दोषी प्रहरीलाई कानुनबमोजिम कारवाही गर्ने, विभागीय कारवाही गर्ने, इप्रका टंगोलमा नयाँ प्रहरी अधिकारी पठाउने, अभियुक्तलाई जुनसुकै हालतमा खोजेर पक्राउ गर्ने र मुद्दा दर्ता गरेर आवश्यक कारवाहीका लागि अनुसन्धान गर्ने समझादारी भएपछि स्थानीय घर फर्किएका छन् ।

    २०७५ असोज १८ मा प्रकाशित ।

     

     

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...