News Portal

  • ग्याष्ट्रिक तथा पेटका रोगको समाधानका लागि दिनहुँ गर्नुस् यस्तो योगासन

    संचारकेन्द्र संवाददाता
    १२६ पटक

    ग्याष्ट्रिक तथा पेटका रोगीहरुले योगाभ्यास गर्दा विस्तारै गर्नुपर्छ। योगाभ्यास नियमति रुपमा गर्दै जानुपर्छ। योग स्वच्छ हावा चल्ने हरियो चौर वा खुल्ला ठाउँमा गर्नु राम्रो मानिन्छ । योगका कुनै पनि अभ्यासलाई ६ देखि १० पटकसम्म दोहोर्‍याउनु पर्छ।

    पवनमुक्तासन

    यो आसनमा उत्तानो सुतेर दाहिने खुट्टा खुम्चाउनुपर्छ भने बायाँ खुट्टा सिधा तन्काएर राख्नुपर्छ । दुबै हातले खुम्चाएको दाहिने खुट्टालाई समाती श्वास लिंदै खुट्टालाई आफूतिर तान्ने । चिउडोलाई घुँडामा छुने प्रयास गर्दै करिव दश सेकेण्डसम्म श्वास रोक्ने र विस्तारै श्वास छाड्दै टाउको तल राख्ने ।

    त्यसपछि दुबै खुट्टालाई सोझो पार्ने, यसैगरी बायाँ खुट्टालाई पनि दाहिने खुट्टा जस्तै खुम्चाएर सोही अभ्यास गर्ने । त्यसपछि दुबै खुट्टालाई खुम्चाएर दुबै हातले समाती श्वास लिंदै, छोड्दै गर्ने।

    फाईदा : स्त्री तथा गर्भासय सम्बन्धी रोग, अम्लपित्त, मुटु रोग, जोर्नी तथा कम्मरको दुःखाईमा फाईदा गर्नुका साथै पेटको वायु बिकार हट्छ र पेटमा बढेको बोसो समेत कम हुन्छ।

    नौकासन

    उत्तानो परेर दुबै हातलाई तिघ्राको माथि राखेर सिधा सुत्ने, दुबै खुट्टा जोड्ने । अब श्वास लिंदै हात, खुट्टा र कम्मरलाई एकै साथ भुँइबाट केही माथि उठाउने र हातलाई घँुडामा राखेर दश सेकेण्डसम्म श्वास रोक्ने, दश सेकेण्डपछि श्वासलाई छाड्दै जाने।

    फाईदा : मुटु, फोक्सो तथा आन्द्राहरुलाई निरोगी बनाउछ । त्यस्तै कलेजो तथा पेटका रोगलाई फाईदा गर्छ।

    बालासन

    घोप्टो परेर सुत्ने र बायाँ हातलाई टाउकोको तलतिर जमिनमा राख्ने तथा गर्धनलाई दाहिनेतर्फ घुमाउदै टाउकोलाई हातमा राख्ने । यसो गर्दा बाँया हात टाउकोको तल हुन्छ तथा बाँया हातको हत्केला दाँया हातको तल हुन्छ। अब दाँया खुट्टालाई घुँडाबाट थोरै मोडेर बालक सुतेजस्तै गरेर सुत्ने।

    फाईदा : स्नायूहरुको दुर्वलता, शारीरिक थकान तथा नकारात्मक चिन्तनहरु हराएर जान्छन् । तन–मनलाई शक्ति दिन्छ। आनन्द र उत्साह मिल्छ । डिप्रेसन, उच्च रक्तचाप, अनिद्रामा फाईदा पुर्‍याउँछ। ग्याष्टिक तथा पेटका रोगहरुका साथसाथै मेरुदण्ड सम्बन्धी रोगलाई पनि फाइदा गर्छ।

    भुजङगासन

    दुबै खुट्टा जोडेर लमतन्न घोप्टो परेर सुत्ने । दुबै हातको हत्केलालाई भुईमा टेकेर टाउकोलाई आकाशतर्फ उठाई श्वास लिंदै छाती माथि उठाउने । माथि हेरेर केहीबेर श्वास रोक्ने । अब श्वास छाड्दै पहिलाकै अवस्थामा फर्कने।

    फाईदा : ग्याष्टिक तथा पेटका रोगहरुका साथसाथै मेरुदण्ड सम्बन्धी रोगलाई पनि फाइदा गर्छ।

    धनुरासन

    घोप्टो सुती दुबै खुट्टालाई घँुडाबाट मोडेर कुर्कुच्चालाई नितम्व (हिप) माथि राख्ने । घुँडा र पाइतलालाई मिलाएर राख्ने । दुबै हातले खुट्टाको गोली गाँठोको छेउमा समाती श्वासलाई भित्र भरेर घुँडा तथा तिघ्रालाई क्रमशः उठाउदै माथितिर तान्ने, हातलाई सिधा राख्ने ।

    यसो गर्दा नाभी तथा पेटको भाग भुईमा रहेको र पेट माथिको भाग छाती घाँटी तथा टाउकोलाई माथि उठाउने । यसो गर्दा नाभी तथा पेट छेउछाउको भाग भुईमा र बाँकी भाग उठेको हुनुपर्छ, जसले शरीरको आकृति धनुष जस्तो हुन्छ।

    यो स्थितिमा १० देखि १५ मिनेटसम्म बस्ने। अब श्वासलाई छोड्दै क्रमशः सुरूको अवस्थामा आउने र श्वास–प्रश्वास सामान्य भएपछि यो आसन दोहो¥याउने।

    यो आसनबाट महिलाहरू महिनावरी गडवडी, कम्मरको दुखाई तथा पेटसम्बन्धी रोगमा लाभ पु¥याउँछ। मिर्गौलालाई पुष्ट बनाई, मुत्र विकारलाई हटाउँछ। मेरूदण्डलाई स्वास्थ तथा लचिलो बनाउँछ।

    उष्ट्रासन

    बज्रासनको स्थितिमा बसेर कुर्कुच्चालाई माथि उठाउँदै त्यसमा दुबै हात राख्ने। अब घुँडाले भुईमा टेकेर श्वास लिदै, टाउको एवं घाँटीलाई पछाडी मोडेर कम्मरलाई माथि उठाउने। सकेजति पछाडी झुकेर श्वासलाई केहीबेर रोक्दै स्थिर बस्ने र त्यसपछि श्वास छोड्दै कुर्कुच्चामा बस्ने।

    २०७५ असोज १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...