News Portal

  • आक्रोसित स्थानीयको घेराबन्दीमा परेपछि प्रहरी चौकी छोडेर भाग्यो, यस्तो छ ताजा अपडेट

    संचारकेन्द्र संवाददाता
    ८५०४ पटक

    काठमाडौं ।

    स्थानीयको आक्रोशित भिडको घेराबन्दीमा परेपछि ललितपुरस्थित इलाका प्रहरी कार्यालय टंगोलका प्रहरीहरु चौकी छोडेर भागेका छन् ।

    घरको कोठाभित्रै घुसी १३ बर्षीया बालिका बलात्कारको प्रयास गर्ने एक युवकलार्इ रंगेहात समातेर प्रहरीलाई बुझाउदा समेत स्वयम् प्रहरीले नै स्थानीयलाई गुमराहमा राखेर अपराधी भगाएको भन्दै आक्रोशित भीडले चौकी घेराउ गरेको छ । चौकीभित्र कोठामा राखेका युवक झ्यालबाट भागेको भन्दै खोज्ने बहानामा सबै प्रहरी कार्यालय छोडेर फरार भएको महाकाल गाउपालिकाका प्रमुख रामचन्द्र दाहालले संचारकेन्द्रलाई बताए ।

    जिल्लाको महाकाल गाउपालिका गोटिखेलमा बुधबार राति एक युवकले स्थानीय १३ बर्षीया बालिकालाई उनकै घरको कोठामा घुसेर बलात्कारको प्रयास गरेका थिए । आफ्ना भित्रि बस्त्रसमेत खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा आमाबुलाले देखेपछि ति युवक नांगै भागेका थिए ।

    बालिकाका आमाबाबुले गुहार मागेपछि भाग्दै गरेको अवस्थामा छिमेकीले ति युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टंगोलमा  बुझाएको थियो । तर बिहिबार प्रहरीले ति युवकलाई मिलेमतोमा भगाएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

    ‘बाहिर चौकीको अगाडी हामी सँगै बसेका छौं, भित्र कोठामा लागेको अपराधी पछाडि झ्यालबाट भगाए’ प्रमुख दाहालले संचारकेन्द्रसँग भने- ‘मान्छे भाग्ला है भन्दा भन्दै पनि, हैन भित्र छ भनेर हामीले गुमराहमा राखियो र प्रहरीको मिलेमतोमा अपराधी भगाइयो ।’

    जनप्रतिनिधिसहित पिडित परिवार र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै प्रहरी चौकीको ढोकामै धर्ना दिइरहेको अवस्थामा प्रहरीले ति युवकलाई झयालबाट भगाएको घटनास्थलबाट दाहालले बताए । ति युवकको पूर्णरुपमा पहिचान हुन नसके पनि नजिकै घर बनाउने ठाउँमा आएको कामदार भएको बुझिएको उनले बताए ।

    यस विषयमा बुझ्न खोज्दा प्रहरी सम्पर्कमा नै आउँन चाहेन ।  इलाका प्रहरी कार्यालय टंगोल सम्पर्क नआएपछि चापागाँउ प्रहरीलाई समेत हामीले बारम्बार सम्पर्क गर्न खोज्दा फोन उठेन् ।

    बालिकाको कोठाबाट ति युवकको पाइन्ट र भित्रि बस्त्र (अन्डरवेयर) समेत बरामद भएको गाउपालिका प्रमुख दाहालले बताए । त्यहाँको अवस्था अहिले पनि तनावग्रस्त छ । स्थानीयले प्रहरी चौकीबाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् । अहिले चापागाँउ प्रहरी वृतबाट डीएसपीको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

    २०७५ असोज १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...

    ‘सुनको टुक्रा हामीसँग छ’ युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको देख्दा दिक्क लाग्छ:प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमै बसेर काम...

    शृंखलाबद्ध बम बिस्फोटपछि गृहमन्त्री बादलको यस्तो एक्शन, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

    काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद...

    महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै सीवाइसी अत्तरिया डीपीएल ३ च्याम्पियन

    काठमाडौँ  । सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ...