News Portal

  • स्थानीयले रंगेहात समातेर बुझाएका बलात्कारीलाई प्रहरीले झ्यालबाट भगाएपछि ललितपुरमा तनाव

    संचारकेन्द्र संवाददाता
    ६८४७ पटक

    अंग्रिसा केसी, ललितपुर । ललितपुरमा प्रहरीले नै अपराधीलाई भगाएको भन्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेका छन् । जिल्लाको महाकाल गाउपालिका गोटिखेलमा बुधबार राति एक युवकले स्थानीय १३ बर्षीया बालिकालाई उनकै घरको कोठामा घुसेर बलात्कारको प्रयास गरेका थिए ।

    आफ्ना भित्रि बस्त्रसमेत खोलेर बालिकालाई जबर्जस्ती गर्न खोजिरहेको अवस्थामा आमाबुलाले देखेपछि ति युवक नांगै भागेका थिए । बालिकाका आमाबाबुले गुहार मागेपछि भाग्दै गरेको अवस्थामा छिमेकीले ति युवकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय टंगोलमा  बुझाएको महाकाल गाउपालिकाका प्रमुख रामचन्द्र दाहालले संचारकेन्द्रलाई बताए ।

    बालिकाको कोठाबाट ति युवकको पाइन्ट र भित्रि बस्त्र (अन्डरवेयर) समेत बरामद भएको गाउपालिका प्रमुख दाहालले बताए । प्रमुख दाहालका अनुसार बालिकालाई बलात्कारको प्रयास गर्न खोज्ने ति युवकलाई स्थानीयले प्रहरीलाई बुझाए पनि प्रहरीले सोधपुछ गर्नका लागि भित्र बोलाएको र त्यहि मौकामा झ्यालबाट भगाएको हो ।

    ‘बाहिर चौकीको अगाडी हामी सँगै बसेका छौं, भित्र कोठामा लागेको अपराधी पछाडि झ्यालबाट भगाए’ प्रमुख दाहालले संचारकेन्द्रसँग भने- ‘मान्छे भाग्ला है भन्दा भन्दै पनि, हैन भित्र छ भनेर हामीले गुमराहमा राखियो र प्रहरीको मिलेमतोमा अपराधी भगाइयो ।’

    जनप्रतिनिधिसहित पिडित परिवार र स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै प्रहरी चौकीको ढोकामै धर्ना दिइरहेको अवस्थामा प्रहरीले ति युवकलाई झयालबाट भगाएको घटनास्थलबाट दाहालले बताए । ति युवकको पूर्णरुपमा पहिचान हुन नसके पनि नजिकै घर बनाउने ठाउँमा आएको कामदार भएको बुझिएको उनले बताए ।

    यस विषयमा बुझ्न खोज्दा प्रहरी सम्पर्कमा नै आउँन चाहेन ।  इलाका प्रहरी कार्यालय टंगोल सम्पर्क नआएपछि चापागाँउ प्रहरीलाई समेत हामीले बारम्बार सम्पर्क गर्न खोज्दा फोन उठेन् । त्यहाँको अवस्था अहिले पनि तनावग्रस्त छ । प्रतक्ष्यदर्शीका अनुसार अहिले चापागाँउ प्रहरी वृतबाट डीएसपीको नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

    यस विषयमा हामी निरन्तर अपडेटमा छौं । २०७५ असोज १८ मा प्रकाशित तस्वीर क्रेडिट: अनुप शर्मा

     

    २०७५ असोज १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...