News Portal

  • नख्खु कारागारमा अर्को काण्ड, चौकीदार र जेलरले पैसा खाएर कैदी भगाएको आरोप

    संचारकेन्द्र संवाददाता
    ३८७६ पटक

    काठमाडौं। निरन्तर अनेक बिबादका कारण चर्चामा आइरहेको नक्खु कारागारमा पुनः अर्को काण्ड घटेको छ । ललितपुरको भैंसीपाटीमा रहेको नख्खु कारागाराबाट मंगलबार कैदी मुकदुर हुसेन फरार भएका थिए ।

    त्यति धेरै सुरक्षा ब्यबस्था कडा भएको उक्त कारागारबाट कैदी कसरी फरार भए होलान भन्ने जिज्ञासा सर्बत्र छ । फेरी नेपाली कैदी भागेको भए पनि कोही कैदीलाई भेट्ने आफन्त भित्र बाहिर गरेका होलान भनेर प्रहरी सामान्य अलमलिनु स्वाभाविक हो तर बिदेशी कैदी फरार भएका छन्।

    यसरी जेल भित्र रहेका बिदेशी कैदी फरार हुँदा प्रहरीले किन बेवास्ता गर्यो होला ? यो सबै तिरबाट प्रश्न उठ्ने बिषय भएको छ । यद्दपी फरार कैदीलाई भने प्रहरीले नियन्त्रणमा लिईएको छ । उनलाई ललितपुरको पुलचोकबाट पक्राउ गरिएको थियो ।

    समाचार श्रोतका अनुसार बिदेशी कैदी मुकदुर हुसेन कारागारका चौकीदारदेखि जेलर हुँदै गृहका एकजना सहसचिवकै मिलोमतोमा फरार भएको आरोप छ । उक्त कारागारमा केही समय कैद सजाय भोगेर जेलमुक्त भएका एक व्यक्तिले सञ्चारकेन्द्रसंग यस्तै रहस्य उद्घाटन गरेका छन्।

    खासगरी पछिल्लोपटक उक्त कारागारको जेलरमा जीवन दुलाल आएपछि जेलभित्र निकै चलखेल बढ्न थालेको बताइएको छ । यसै पनि अनेक काण्डले चर्चित नक्खु कारागार दुलाल आएपछि कैदीको अप्रत्यासित सरुवाले पनि शंका गर्ने ठाउ रहेको समाचार श्रोतको दाबी छ । उनी आएपछि एकाएक २२ जना कैदीलाइ देशका विभिन्न कारागारमा सरुवा गरिएको थियो ।

    कारागारको ६ वटा गेट पार गरेर कैदी भाग्नुले नै कारागार भित्रका चौकीदार र प्रमुख प्रशासकको समेत मिलोमतो रहेको बुझिन्छ । बाहिरका सबै गेटमा सुरक्षाकर्मी र भित्र कारगारमा चौकीदारहरुको कडा निगरानी भएको नक्खुबाट बिदेशी कैदी फरार हुनुले मिलोमतोको आशंकालाइ झन् बढाएको छ ।

    यति मात्र हैन समाचार श्रोतका अनुसार उक्त कारागारमा त्यहाका भूपू चौकीदार पनि धाइरहने गरेको बताइएको छ । समाचार सुत्रका अनुसार नक्खु कारागार भित्र अहिले आफुलाई मातृका यादवका भतिज भनेर प्रचार गर्ने सिर्जन राय यादब, त्यहाँका नाइके बुद्ध गुरुङ्ग र चौकीदार कैदी प्रेम ब्लोन (तामाङ्ग)ले बढी चलखेल गरेको बताइएको छ।

    यस्तै उक्त कारागारमा चौकीदार फेर्दा मोटो रकमको चलखेल हुने गरेको बताइएको छ । श्रोतका अनुसार कारागारमा पालो अनुसार चौकीदार बन्न पनि प्रमुख प्रशासकदेखि गृहका सचिवसम्मलाई १५/१६ लाख रकम दिनुपर्ने हुन्छ ।

    देशका अन्य कारागार भन्दा नक्खुमा केही सेवा सुविधा हुने भएका कारण कैदीहरुले लामो समय त्यहिँ बसिरहनका लागि पनि मोटो रकम घुस खुवाउनुपर्ने बाध्यता रहेको उक्त कारागारमा कैद सजाय भोगेर जेल मुक्त भएकाहरुले बताउने गरेका छन् ।

    कैदीहरुसंग पैसा लिएर सरुवा रोक्ने भूमिकामा चौकीदार कैदी र कारागारका प्रमुख प्रशासकको भूमिका रहने गरेको बताइएको छ । श्रोतले भन्यो – “उक्त कारागारबाट उठेको घुस रकम गृह सचिवसम्म पुगेपछि मात्र सरुवा रोकिने गरेको छ ।”

    हालै भएको कैदी सरुवा कारागारमा भएका खराब आचरण भएका कैदी सरुवा गर्नलगायत कारागार भित्रको बिग्रदो अबस्था सुधारका लागि भन्दै गृहमा आफन्तहरु डेलीगेशन बुझाउन जाँदा समेत गृह सचिव प्रेम कुमार राईले वास्ता नगरेपछि कैदीका आफन्तहरुले यस्तो आरोप लगाएका छन्।

    मंगलबार भएको कैदी फरार घटनाका विषयमा नख्खु कारागारका प्रमुख प्रशासक जीवन दुलालले बोल्न चाहेनन् । ललितपुर जिल्ला प्रहरी कार्यलयले भने फरार कैदीलाई समातिएको र त्यसबारे अनुसन्धान भइरहेको बताएको छ ।

    २०७५ असोज १७ गते प्रकाशित

    २०७५ असोज १७ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...

    ‘सुनको टुक्रा हामीसँग छ’ युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको देख्दा दिक्क लाग्छ:प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमै बसेर काम...

    शृंखलाबद्ध बम बिस्फोटपछि गृहमन्त्री बादलको यस्तो एक्शन, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

    काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद...

    महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै सीवाइसी अत्तरिया डीपीएल ३ च्याम्पियन

    काठमाडौँ  । सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ...