News Portal

  • अन्ततः फुटको संघारमा पुग्यो नेकपा, यस्तो छ माधव नेपाल समुहको भित्री तयारी

    संचारकेन्द्र संवाददाता
    ५९६८ पटक

    काठमाडौं ।

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा फुटको संघारमा पुगेको छ । नेता नेपालले स्थायी समिति सदस्यहरूका लागि चियापान गरेलगत्तै शुक्रबार उपलब्ध केन्द्रीय सदस्यहरूको भेला भएको थियो । भेलामा नेपालसहित उनीनिकट स्थायी समिति सदस्य भने सहभागी थिएनन् ।

    भेलामा उपलब्ध ५० केन्द्रीय सदस्य सहभागी थिए । उनीहरूले नेपालको पहलमा शुक्रबार सम्पन्न चियापानको सन्देश, त्यसले पार्टी पंक्तिमा पारेको प्रभावका साथै पार्टी एकताका सन्दर्भमा केन्द्रीय सचिवालयबाट भएको पछिल्लो निर्णयमा केन्द्रित रहेर छलफल गरेका थिए ।

    भेलामा खतिवडासहित राजेन्द्रप्रसाद पाण्डे, डा. विजय पौडेल, विरोध खतिवडा, गंगालाल तुलाधर, ठाकुर गैरे, मेटमणि चौधरी, जयन्ती राई, ममता गिरी, सीता गिरी, गरिमा शाह, निरज आचार्यलगायत सहभागी रहेको स्रोतले जनाएको छ ।

    भेलामा सहभागी अर्का केन्द्रीय सदस्य विरोध खतिवडाले पार्टीमा गतिहीनता देखिएकाले विधि, प्रक्रिया र मापदण्डअनुसार छिटो एकता प्रक्रिया टुंग्याउन र पार्टीलाई विधिसम्मत सञ्चालनका लागि नेतृत्वलाई दबाब दिनुपर्ने परिस्थिति विकसित भएकाले छलफल आयोजना गरिएको प्रस्ट्याए ।

    ‘विधि, प्रक्रिया र मापदण्डअनुसार पार्टी एकता छिटो सम्पन्न नहुँदा पार्टीमा गतिहीनता देखियो, सरकारको कामलाई पनि थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएकाले हामीले नेतृत्वलाई कसरी झकझक्याउने भनेर छलफल गरेका हौँ’ विरोधले भने,‘मुख्य कुरा पार्टी विधानसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालित हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

    ओलीनिकट राजन भट्टराई भन्छन् अध्यक्ष फर्किएपछि समाधान

    प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीनिकट नेता डा. राजन भट्टराईले अहिले राजावादीहरू र कांग्रेसले एउटै समयमा सरकारविरुद्ध अभियान चलाउन खोजिरहेका वेला पार्टीभित्र उठेका जुनसुकै विषयमा छिटो समाधान खोजिने बताएका छन् । अध्यक्षद्वय ओली र प्रचण्ड फर्किनेबित्तिकै वरिष्ठ नेता माधवकुमार नेपालले उठाएका कतिपय सवालमा छलफलमार्फत समाधान हुने भट्टराईले बताए ।

    ‘राजावादीहरूले वीरगन्ज र काठमाडौंमा केही दिनयता जुलुस निकाल्नेबित्तिकै कांग्रेस नेता रामचन्द्र पौडेलले अब कम्युनिस्ट सरकार ढल्दै छ भनेर भाषण गर्नुभयो, सरकारलाई असफल बनाउने र व्यवस्थै परिवर्तन गर्न सकिन्छ कि भन्ने प्रयास भइरहेका वेला माधव नेपालजत्तिको सम्मातिन नेताले उठाउनुभएका विषयमा हाम्रो स्तरबाट टिप्पणि गर्नु वाञ्छनीय हुँदैन’, भट्टराईले भने, ‘उहाँले जे कुरा राख्नु भए पनि अध्यक्षज्यूहरू फर्किएपछि उहाँहरू सबै बसेर पार्टीभित्रै छलफल गर्नुहुन्छ, छिटो समाधान खोज्नुहुन्छ ।’ नया पत्रिका दैनिकमा खबर छ ।

    २०७५ असोज १५ मा प्रकाशित।

    २०७५ असोज १५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...