News Portal

  • फिलिम चलाउने नयाँ तरिका, ‘म यस्तो गीत गाउँछु’ नेपालमा हेर्न नपाइने

    संचारकेन्द्र संवाददाता
    १५५५ पटक

    गतबर्षका पहिलो सुपरहिट चलचित्र ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको करिब १५ महिनापछि युटुबबाट रिलिज गरिएको छ । तर, यो चलचित्रलाई नेपालबाट भने युटुबमा हेर्न मिल्ने छैन ।

    बुढासुब्बा डिजिटलले अपलोड गरेको यो चलचित्र नेपाल बाहिरका दर्शकका लागि मात्र हेर्न मिल्ने बनाइएको छ । संभवत, युटुबमा रिलिज भएको कुनै पनि नेपाली चलचित्रलाई पहिलो पटक यो शैलीमा सार्वजनिक गरिएको हो ।

    पछिल्लो समयमा युटुबमा चलचित्र रिलिज हुँदा नेपाली चलचित्र हेर्न दर्शक हलसम्म जान छाडेको बहस सुरु भएको छ । युटुबमा केही महिनामै चलचित्र आउने र निशुल्क हेर्न मिल्ने भएपछि दर्शक हलसम्म जान छाडेकाले युटुबमा चलचित्र रिलिज गर्नबाट निर्माताहरु हच्किन थालेका छन्।

    बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले भने-‘हामीले पहिलो पटक यो शैली अपनाएका हौ । नेपालबाट भ्यूज राम्रो गएपनि पैसा आउँदैन । अर्कोतिर, नेपाली चलचित्रलाई युटुबमा राखेतापनि नेपालमा हेर्न नमिल्ने बनाउँदा के हुँदो रहेछ भनेर हामीले प्रयोग पनि थालेका हौ ।’

    उनका अनुसार, युटुबमा नेपाली चलचित्र राखेतापनि नेपालबाट हेर्न नमिल्ने र दर्शकलाई हलमै गएर हेर्न आकषिर्त गर्न पनि यो शैली अपनाउन आवश्यक रहेको उनले बताए ।

    तर, एनटीसीको नेटबाट मोबाइलमा हेर्न मिल्ने उनले बताए । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पूजा शर्मा र पल शाहको मुख्य भूमिका छ ।

    प्रतिकृया दिनुहोस्

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...

    दशैंलगत्तै ओली सरकारमा हुँदैछन यस्ता दुई ठुला परिवर्तन, महेश बस्नेतले खोले रहस्य

    काठमाडौं ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र...