News Portal

  • चर्चित उपन्यासकार सुबिन भट्टराईका फ्यानहरुका लागि दुखद खबर, लग्यो यस्तो गम्भीर आरोप

    संचारकेन्द्र संवाददाता
    १३४२ पटक

    काठमाडौं ।

    युवापुस्ता माझ चर्चित मानिएका उपन्यासकार सुबिन भट्टराईको पछिल्लो उपन्यासको कभर डिजाइन चोरीको भएको आरोप लागेको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठानको डबलीमा एक विमोचन कार्यक्रम गर्दै भट्टराईले ‘प्रिय सुफी’ नामको उपन्यास सार्वजनिक गरेका थिए ।

    प्रिय सुफी फाइन प्रिन्टले बजारमा ल्याएको हो । तर उनको उपन्यासको कभर डिजाइन भने एक हंगेरियन लेखक टी राइदाले लेखेको एउटा साइन्स फिक्सनको कभर डिजाइनसँग हुबहु मिल्दोजुल्दो छ । विज्ञानमा आधारित उक्त उपन्यासको नाम ‘अज अलोमजारो बश बयिमवबचय हो ।

    उक्त किताब ‘पब्लियो कियादो’ भन्ने प्रकाशनले २०१७ मा बजारमा ल्याएको हो । हंगेरियन भाषामा लेखिएको उक्त किताबको बारेमा एउटा ‘इ(बुक सेलर’ अनलाइनले यसरी परिभाषा दिएको छ । ‘यो ह्ख्क्ष्को कथा हो । यसमा सन् २०२०मा सन् फ्रान्सिस्कोको भविष्यको वर्णन गरिएको छ ।

    यो कथामा मुख्य चार पात्रहरू छन्, दुईजना केटा पात्रहरू जसको नाम जेरी र मार्क हो, जो भूतकालबाट दुईजना केटी पात्रहरूलाई खोज्न आउँछन् । केटी पात्रहरू इमा र कोल हुन् । किनभने विगतमा ती केटाहरूले केटीसँग कुनै महत्त्वपूर्ण काम बाँकी रहेकाले ती केटाहरू समय र स्थान परिवर्तन गरेर भेट्न चाहेका थिए ।’

    स्मरण रहोस सुबिन भट्टराईले आफ्नो उपन्यासमा लेखिएका केही वाक्यहरू केही नेपाली फिल्मका पात्रहरूले संवादमा प्रयोग गरेको र आफूले त्यसको रोयल्टी पाउनुपर्ने दावी गरेका थिए । उनले हंगेरियन उपन्यासबाट हुबहु सारेको उपन्यासको कभर डिजाइनको रोयल्टी भने तिर्लान कि नाई, त्यो भविष्यले बताउला । जनदिशामा खबर छ ।

    प्रतिकृया दिनुहोस्

    दशैंको दिन ट्याक्सीले मिटरमा हिड्न नमाने तत्काल यो नम्बरमा फोन गर्नुहोस् !

    काठमाडौँ । सरकारले विजयादशमीको बिदाको समयमा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न निर्देशन दिएको छ...

    कमरेड ! हामी कसरी अयोग्य ? उत्तर चाहिन्छ

    राजन थापा ‘सुवास’ धादिङ राजधानी काठमाडौँसँगै जोडिएको छ । भौगोलिक रुपमा राजधानीबाट नजिक भएपनि राज्यबाट...

    आज महानवमीः सिद्धिदात्री देवीको पूजा गर्ने दिन

    काठमाडौं । आज नवरात्रीको अन्तिम दिन हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपलाई नवरात्रभर...

    सिके राउत र विप्लवलाई समर्थन गर्ने न्यायालयकाे समीक्षा हुनुपर्छ: महेश बस्नेत

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा महेश बस्नेतले वर्तमान सरकारकाे अालाेचना गर्न...

    वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरमा घुइँचो, एक लाख भक्तजनले दर्शन गर्ने अनुमान

    काठमाडौं ।  हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा बिहीबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ। तेह्रौं...