पोखरा ।
प्रहरीले १० वर्षिया बालिका श्रेया विकको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । घटनामा संलग्न भएको अभियोगमा श्रेयाका छिमेकी २७ वर्षका कुसुम पौडेललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
पौडेलले विकलाई बलात्कारको प्रयास गर्दा प्रतिकार गरेपछि हत्या गरेको प्रारम्भिक बयान दिएका प्रहरी स्रोतले जनाएको छ । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ रुपैयाँ दिएर फकाएको बयान दिएपछि प्रहरी नै चकित परेको छ ।
त्यसपछि फेरि १० रुपैयाँ देखाएर बलात्कार गर्न खोज्दा बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनले फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुबै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको शव मंगलबार बिहान भेटिएको थियो ।
२०७५ असोज १० मा प्रकाशित ।
प्रतिक्रिया