• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    निर्मला हत्या प्रकरणबारे गृहमन्त्रीको गम्भीर खुलासा, मुचुल्कामा बाबुको नक्कली औँठाछाप, कपडा गायब

    16.8K
    SHARES

    काठमाडौं ।

    कन्चनपुरकी बालिका निर्मला पन्तको हत्या प्रकरणबारे गृहमन्त्री रामबहादुर थापाले मुख खोलेका छन् ।थापाले मुख खोलेसंगै निर्मला हत्या प्रकरण झन् गम्भीर र रहस्यमय बन्दै गएको छ ।

    राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले अनुसन्धानका क्रममा मुचुल्कामा बाबुको नक्कली औठा छाप भेटिएको उल्लेख गरेका छन् ।

    उनले भने, ‘घटना १० गते भएको छ ११ गते मुचुल्का उठाउँदै त्यहाँ बाबुको औंठाछाप लगाइएको छ । जबकी भारतबाट १२ गते आएको भनिएको छ ।

    यस्तै प्रहरीले मृतकको कपडा पखाल्ने काम मात्र नभई त्यसलाई जलाउने काम समेत गरेर ठूलो त्रुटी गरेको गृहमन्त्रीले बताए । उनले भने, ‘अपराध अनुसन्धान गर्ने एबीसिडी हुन्छ, तर त्यहाँ कपडासमेत जलाइएको छ ।’

    उनले छानबिन समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनुको कारण गृह मन्त्रालयसम्म कुरा गर्न नपाएर भएको दाबी पनि गरे । ‘सहसचिव केसीले पहिलाको छानबिन समितिले गल्ती गरेका कारण फेरि गल्ती होला कि भनेर डराएको देखिन्छ’, गृहमन्त्री थापाको भनाई छ।

    यस्तै छानबिन समितिका सदस्य केसीले आफूलाई बडिबिल्डर जस्तो देखिने व्यक्तिले यस्तो छानिबन गर्नेलाई गाडीले किचेर मार्छन् भनेर सुनाएको पनि उनले सुनाए ।

    पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले मंगलबार प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए । ‘यो मिति, गते भनेर त तोक्न सकिँदैन’ गृहमन्त्री बादलले भने, यति भन्नसक्छु, छिटो अपराधीलाई कानुनको कठघरामा उभ्याउन प्रयास भइरहेको छ ।’

    १० साउनमा साथीको घरमा पढ्न गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै कञ्चनपुरबासीले लगातार आन्दोलन गरेपछि सरकारले स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै अर्को टोली पठाएको छ ।

    साथै प्रहरीको लापरवाहीबारे छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ । यो समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ