• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली देशबाहिर भएका बेला धुम्बाराहीमा प्रचण्डको उत्सव ! गरे यस्तो कार्यकर्ता रिझाउने काम

    17.6K
    SHARES

    काठमाडौं ।

    नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर भएका बेला प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा भित्र्याएका छन् । सोहि अवसरमा नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार नेता कार्यकर्ताले उत्सव  मनाइरहेका छन् ।

    नेपाला टेलिभिजनका पूर्वअध्यक्ष एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका मंगलबार छन् ।

    धुम्बाराहीमा एक विशेष कार्यक्रममा दाहाल पार्टी प्रवेश गरेका हुन् । उनलाई नेकपाका अध्यक्ष प्रचण्डले टीका र सदस्यता प्रदान गरेर पार्टीमा सवागत गरे । चितवन जिल्ला निवासी दाहालले मंगलबारदेखि नेपाली कांग्रेसलाई परित्याग गरेको जनाएका छन् ।

    यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष प्रचण्डले नेपाल टेलिभिजनका निवर्तमान अध्यक्ष तथा नेपाली कांग्रेसका नेता महेश संघ र प्रदेश निर्वाचनअघि नै तत्कालीन वाम गठबन्धनमा प्रवेश गर्न खोजे पनि आफूले रोकेर राखेको बताएका छन् ।

    दाहाललाई नेकपामा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नेपाल तरुण दलका केन्द्रीय समिति सदस्य समेत भइसकेकका दाहाल चुनावअघि नै पार्टी प्रवेश गर्न खोजेको खुलासा गरेका हुन् ।

    ‘पार्टी प्रवेश गर्नेबारे चुनावअगाडि नै छलफल भएको थियो । उहाँको मन हाम्रोतिर थियो’, प्रचण्डले भने, ‘अहिले चुनावमा हाम्रो गठबन्धनको पक्षमा माहौल बनाउने र पछि प्रवेश गर्ने भन्ने छलफल भयो ।’

    समाजवादको यात्रामा दाहालको बाँकी जीवनको अधिकतम सदुपयोग हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले उनलाई पार्टीले उचित जिम्मेवारी दिने वचनबद्धता समेत गरे ।

    नेपाल विद्यार्थी संघमा लामो समय काम गरेका दाहाल नेपाल तरुण दलको केन्द्रीय समिति सदस्य समेत भएका थिए ।

    पार्टी प्रवेशका क्रममा दाहालले मुलुकको विकास अब कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्रै सम्भव भएको बताए । पार्टी प्रवेशका क्रममा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै दाहालले पार्टीको जुनसुकै आग्रह र निर्देशन मान्न आफू तयार रहेको समेत उल्लेख गरेका थिए ।

    प्रतिक्रिया