• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    राजधानी काठमाडौंमै घट्यो अर्को बलात्कार काण्ड: २८ वर्षीया युवती बलात्कृत

    20.7K
    SHARES

    काठमाडौं ।

    जिल्लाको सिमलटारस्थित आरुबारीमा २८ वर्षीया युवती बलात्कृत भएकी छन् । मानसिक रोगी ती युवती स्थानीय एक ग्रिल पसलमा बलात्कृत भएकी हुन् ।

    उनलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, बौद्धले सोलुखुम्बुका दावा तामाङलाई पक्राउ गरेको छ ।

    युवती चर्चबाट फर्किँदै गरेको वेला फकाएर लगेर तामाङले बलात्कार गरेको पीडित परिवारको आरोप छ । तामाङको बुबाले सञ्चालन गरेको ग्रिल पसलमा लगेर उनले बलात्कार गरेको जनाइएको छ ।

    प्रहरी स्रोतका अनुसार तामाङले बयानमा आफ्नो कसुर स्वीकारेका छन् । उनले आफूले मादक पदार्थ सेवन गरेको तालमा घटना भएको बयान दिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ  ।

    २०७५ असोज ८ मा प्रकाशित ।

    प्रतिक्रिया