News Portal

  • “रातको कुरा”मा दिएको कामुक दृश्यबारे प्रियङ्काले मुख खोलिन्, यस्तो छ वास्तविकता

    संचारकेन्द्र संवाददाता
    ८४६ पटक

    काठमाडौं । 

    प्रदर्शनको मुखैमा रहेको चलचित्र “कथा काडमाडौं”मा रहेको “रातका कुरा” बोलको गीतमा रहेको कामुक दृश्यबारे नायिका प्रियङ्का कार्कीले मुख खोलेकी छन् । प्रियङ्का कार्की र प्रमोद अग्रहरीबीचको कामुक दृश्यले चलचित्र वृत्तमा निकै हंगामा मच्चाइरहेको बेला प्रियङ्काले मुख खोलेकी हुन् ।

    निर्माण युनिटले सार्वजनिक गरेको “रातको कुरा” बोलको गीतमा यी दुईको अन्तरङ्ग दृश्यले निकै प्राथमिकता पाएको थियो । गीत रिलिज भएसँगै यसको पक्षमा र विपक्षमा सकारात्मक र नकारात्मक दुबै टिप्पणीहरु सुनिएका थिए । त्यसपछि उक्त दृश्यले ट्रेलरमा पनि निकै चर्चा पायो । चलचित्र विकास बोर्डले त झन पत्र नै लेखेर ट्रेलरलाई युट्युबबाट हटाउन समेत निर्देशन दिएको थियो ।

    घटनाक्रम चलिरहँदा नायिका प्रियङ्का कार्की भने चूपचाप थिइन् । अभिनेता प्रमोद अग्रहरी भने एक्लै यो दृश्यका विषयमा आएका आलोचनाहरुलाई एक्लै सामना गर्दै आएका थिए । यद्यपि, अहिले भने नायिका प्रियङ्का कार्कीले आफ्नो मौनता तोडेकी छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त कामुक दृश्यको बिषयमा नबोल्नु चलचित्र युनिटकै प्रचार शैली रहेको दावी गरेकी छन् ।

    “गीत सार्वजनिक गर्नु अगाडि नै यस बिषयमा नबोल्ने निर्माण पक्षको योजना थियो”, प्रियङ्काले भनेकी छन्, “मलाई लाज लागेर, अप्ठ्यारो लागेर वा अन्य केही भएर नबोलेको होइन ।” उनले चलचित्रमा रहेको आफ्नो अन्तरंग दृश्य जायज रहेको दावी गरेकी छन् ।

    आफ्नो उक्त भूमिकाको विषयमा सकारात्मक र नकारात्मक दुबै खालको प्रतिक्रिया आएको बताउँदै त्यसलाई आफूले दर्शकको मायाको रुपमा लिएको बताइन् । उक्त दृश्यले आफूले कहिलै पनि तनाव झेल्नु नपरेको उनको दावी छ । चलचित्र अभिनय गर्दा नै उक्त दृश्य सजिलै पच्दैन भन्ने आफूलाई लागेको प्रियङ्काको भनाई छ । कथा काठमाडांैको उक्त दृश्यमार्फत आफूले चलचित्रको ट्रेन्ड चेन्ज गर्न खोजेको उनको दावी छ ।

    गीत सार्वजनिक भएपछि सोचीसम्झी नै आफू चूप लागेको उनले बताइन् । विवाद भइरहेको समयमा आफू बोल्दा विवाद र बहस अझै चर्किने देखेर नबोलेको रहस्य उनले खोलिन् । उनले अगाडि भनिन् “यति धेरै समय चलचित्र क्षेत्रमा बिताइसके । विवादको बेलामा चूप बस्नु मेरो यो क्षेत्रको सिकाइ पनि हो ।”

    निर्देशक संगीता श्रेष्ठले प्रियंका र प्रमोदको उक्त दृश्यबिना चलचित्र अधुरो रहने दावी गरिन् । “हामीले चलचित्रमा उठाएको तीन कथामध्ये एक कथा प्रमोद र प्रियङ्काले निर्वाह गरेका हुन्”, निर्देशक श्रेष्ठको भनाइ छ, “प्रियङ्का र प्रमोदको अन्तरंग दृश्य चर्चाका लागि होइन । कथाको माग हो ।” यौन हिंसा पनि चलचित्रले देखाउन खोजेकोले उक्त दृश्य राखिएको श्रेष्ठको दावी छ ।

    नायिका प्रियङ्काको इन्गेजमेन्टसँगै गीत सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएपछिका चलचित्रको केही कार्यक्रममा प्रियङ्का अनुपस्थित समेत भएकी थिइन् । यो हिसावले पनि गीतको उक्त दृश्यमा प्रियङ्का असहमत देखिएको जस्तो लाग्छ । उनको हुनेवाला श्रीमान आयुष्मान देशराज जोशीले पनि यो बिषयमा असहमति जनाएका समाचार सार्वजनिक भएका थिए । यद्यपि प्रियङ्काले ती सबै समाचारहरुको खण्डन गरेकी छन् । उनले थपिन् “म एउटा यस्तो परिवारमा बिहे गर्दैछु कि त्यो परिवारले यो सबै कुरा बुझ्नुहुन्छ । रविना मामु, मेरो मामु सबै कुरामा मलाई समर्थन छ ।”

    आफु र कलाकार प्रमोद अग्रहरि लिभिङ टुगेदरमा बसेको युवायुवतीको भूमिकामा रहेको बताएकी प्रियंकाले चलचित्रकोे मुख्य थिम भनेको “हिंसा बन्द गरौं” भन्ने रहेको बताइन् । “हिंसालाई ग्राउन्ड लेबलबाट नै बन्द गर्नुपर्छ भन्ने चलचित्रको कथा हो”, प्रियङ्काको भनाई छ ।

    चलचित्रमा प्रमोद र प्रियंकाको अलवा आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी, संजोग कोइराला, सन्ध्या केसीको समेत अभिनय रहेको छ । सञ्चारकर्मीसमेत रहेकी संगीताको यो निर्देशनमा डेब्यु चलचित्र हो । विजय राईको निर्माण रहेको “कथा काठमाडौं”को पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । चलचित्र आगामी शुक्रबार १२ असोजबाट देशभर प्रदर्शनमा आउँदैछ ।

    शिखर न्युजबाट साभार

    २०७५ असोज ८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...

    ‘सुनको टुक्रा हामीसँग छ’ युवाहरू खाडी मुलुक जान तछाडमछाड गरेको देख्दा दिक्क लाग्छ:प्रचण्ड

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमै बसेर काम...

    शृंखलाबद्ध बम बिस्फोटपछि गृहमन्त्री बादलको यस्तो एक्शन, नेकपाका १८ नेता कार्यकर्ता गिरफ्तार

    काठमाडौं । एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद...

    महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै सीवाइसी अत्तरिया डीपीएल ३ च्याम्पियन

    काठमाडौँ  । सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ...