• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    गंगामायाका छोरा नुरप्रसादद्वारा इजलास अधिकृतमाथि कुर्सि प्रहार, अदालत तोडफोड, कारणसहित

    15.5K
    SHARES

    काठमाडौं ।

    अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीले उच्च अदालत पाटनमा तोडफोड गरेका छन् । उनले आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि आइतबार साँझ इजलास अधिकृत रोशन बस्नेतमाथि कुर्सि प्रहार गर्दै अदालतमा तोडफोड गरेका हुन् ।

    उच्च अदालत पाटन श्रोतका अनुसार नुरप्रसादले ललितपुरकी विन्दु घतानीको घरजग्गासम्बन्धी मुद्दा जिम्मा लिँदै आएका थिए । ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । तर उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले जिल्लाकै फैसला सदर गरिदिएपछि उनी आक्रमणमा उत्रिएका हुन् ।

    अदालती श्रोतका अनुसार, मुद्दा हारेपछि नुरप्रसादले हिजो साँझ पौने ५ बजेतिर इजलास अधिकृतमाथि कुर्सी प्रहार गरेका हुन्, । प्रहारबाट कुर्सी झ्यालमा ठोक्किएर सिसा फुटेका छन् । साथै नुरप्रसादले अदालतका कम्प्युटर, दराजलगायतका सामान पनि तोडफोड गरेका छन् ।

    घटनालगत्तै नुरप्रसादसहित मुद्दाकी वादी विन्दु घतानीलाई पनि प्रहरीले पक्राउ गरेको छ । अहिले उनीहरु जावलाखेल प्रहरीको नियन्त्रणमा छन् ।

    २०७५ असोज ८ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ