• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights पत्रपत्रिका समाचार

    काठमाडौंका मेयर यस्तो हर्कत: कामकाज ठप्प पारेर सरकारी पैसामा पत्नीसहित अमेरिका घुम्दै

    23.1K
    SHARES

    काठमाडौं।

    सरकारले वैदेशिक भ्रमणमा नियन्त्रण गरेको बताइरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका गएका छन् । महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोरको डंगुर छाडेर पत्नी सुचिता शाक्यसहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ।

    सरकारी पदमा रहेका व्यक्तिको अनावश्यक विदेश भ्रमण रोक्न कडाइ गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ । सरकारले अनावश्यक वैदेशिक भ्रमण नियन्त्रण गर्न ‘वैदेशिक भ्रमण निर्देशिका २०७४’ तयार गरी कार्यान्वयनमा ल्याएको छ । तर, व्यवहारमा कान्र्यान्वयन हुन सकेको छैन । निर्देशिकाविपरीत भएको मेयरको भ्रमणबारे आफूलाई जानकारी नभएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवरले बताए ।

    महानगरपालिकाभित्रै असन्तुष्टि
    अवलोकन भ्रमण भन्दै मेयर शाक्य जम्बो टोली लिएर श्रीमतीसमेत लिएर अमेरिका गएकोमा महानगरपालिकाभित्रै असन्तुष्टि रहेको स्रोत बताउँछ । उपत्यकाका विकासससम्बन्धी काममा चासो नदिएको, फोहोर उठाउन नसकेकोलगायतका विषयमा मेयर शाक्य आलोचित छन् । समयमा फोहोरसमेत उठाउन नसक्दा उपत्यकाका ठाउँ ठाउँमा फोहोरको डंगुर छ ।

    सहायक प्रवक्ता भन्छन्–अमेरिकाको सहर हेर्न जानुभएको हो
    काठमाडौं सहरको सौन्दर्य जोगाउन नसकेको आरोप खेप्दै आएका मेयर शाक्य नेतृत्वको टोलीले अमेरिकाको भर्जिनियास्थित फ्रेडिक्सबर्ग सहर अवलोकन गर्नेछ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको फ्रेडिक्सबर्ग सहर अवलोकनका लागि मेयरसहितको टोली गएको महानगरपालिकाका सहायक प्रवक्ता नमराज ढकालले बताए । सबैजना महानगरकै खर्चमा गएको उनले बताए । ‘उच्चस्तरीय भ्रमणमा श्रीमतीलाई समेत लैजाने महानगरको चलन नै छ । त्यहीअनुसार उहाँले श्रीमती पनि लैजानुभएको हो,’ ढकालले भने ।

    नयाँ पत्रिका दैनिकमा खबर छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ