• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    मलेसियाबाट आयो सारा नेपालीलाई रुवाउने खबर, एकैपटक ६ नेपालीको मृत्यु

    15.6K
    SHARES

    काठमाडौं ।

    विषाक्त रक्सी सेवनका कारण मलेसियाको राजधानी क्वालालम्पुरमा ६ नेपालीको मृत्यु भएको छ ।

    अरु १३ जनाको समेत उक्त घटनामा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विषाक्त रक्सी सेवन गरेर बिरामी परेका अन्य १५ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । क्वालालम्पुर नजिकै सेलाङ्गोर क्षेत्रमा उक्त घटना भएको हो । मृतक नेपालीमध्ये सबै मजदुर हुन् ।

    बिदाको समयमा रक्सी सेवन गरेका उनीहरु बिरामी परेका थिए । उनीहरुले किङफिसर नामको वियर र ह्विस्की पिएको क्वालालम्पुरस्थित नेपाली दूतावासका प्रवक्ता बिनोद मुखियाले जानकारी दिए । मृत्यु हुनेमा २६ वर्षीय विशाल बुढाथोकी र २९ वर्षीय सञ्जय राउत र मिमबहादुर घलेको मात्र सनाखत भएको छ ।

    फाइल तस्वीर: गुगलबाट

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ