• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    पहिरोले थुनिएको बडिगाड ‘ओभर फ्लो’ भएर बग्न थाल्यो, चार घर डुबे, के छ अवस्था ?

    15.8K
    SHARES

    बाग्लुङ ।

    बाग्लुङमा पहिरोले थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको बडिगाड खोला ओभर फ्लो भएर बग्न सुरु गरेको छ । शुक्रबार राति साढे ११ बजेदेखि थुनिएको खोला शनिबार बिहान साढे पाँच बजेबाटओभर फ्लो भएर बग्न सुरु गरे पनि जोखिम भने कायमै रहेको बाग्लुङका एसपी दीपक रेग्मीले जानकारी दिए ।

    बाग्लुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ र ढोरपाटन नगरपालिका वडा नम्बर १ को तिरतिरे भन्ने स्थानमा चट्टानसहितको पहिरो खसेर खोला थुनिएको हो । पहिरोले बाग्लुङ बुर्तिवाङ खरबाङखण्डको दुई किलोमिटर सडकको केही भाग पनि भत्काएको छ ।

    खोला थुनिएर झण्डै दुई किलोमिटर लामो ताल बनेको छ । बाग्लुङको ढोरपाटन २ सिमलचौरका ४ घर डुबानमा परेका छन् । स्थानीय बिमल खड्का अनुसार चुराबहादुर कुमाल, देविराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घर गोठ डुबानमा परेका छन् ।

    पहिरो खसेर खोला थुनिएपछि खोला किनारका बाग्लुङ र गुल्मीका मानिसहरु रातभर जाग्राम बसेका छन् । पहिरोबाट बाग्लुङका भिङगिठे, खारा, खरबाङ र गुल्मीका भुपाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा जाग्राम बसेका हुन् ।

    खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङ जिल्लाका नेपाली सेना, नेपाल प्रहरी सहितको टोली खोलाको बहाव खोल्ने प्रयासका लागि रातिदेखि नै सो क्षेत्रमा परिचालन गरिएको थियो । तर, उनीहरुले नखोल्दै शनिबार बिहानपखबाट पानी आफै ‘ओभर फ्लो’ भएर बग्न सुरु गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ