News Portal

  • अशल जोडीकाे पनि ब्रेकअप हुनुका यस्ता छन् आश्चर्य लाग्दा कारणहरु

    संचारकेन्द्र संवाददाता
    १४८ पटक

    सम्बन्ध बनाउन निकै सजिलो हुन्छ । तर, यसलाई जोगाइ राख्न र टिकाइ राख्न निकै कठिन हुन्छ । केही सम्बन्धहरु निकै लामो समयसम्म पनि चल्ने गर्छन् ।

    तर, केही सम्बन्धहरु सुरुवात भएको केही दिनपछि नै टुट्ने गर्छन् ।

    धेरै यस्ता सम्बन्धहरु टुट्नाका कारणहरु विभिन्न कारण रहेका हुन्छन् । कतिले सम्बन्धलाई धेरै महत्व समेत दिने गर्दैनन् ।

    आउनुहोस् सम्बन्ध टुट्नका मुख्य कारणहरु हेरौः

    १. सामाजिक सञ्जालमा राखिने स्टाटस

    सामाजिक सञ्जालमा रिलेशनसिपलाई लुकाउने काम गरिन्छ । यसका कारण पनि सम्बन्ध कमजोर हुने गर्छ । एकअर्काप्रति विश्वासको वातावरण बनाउन सानो कुरामा पनि चुक्ने गर्छन् । प्राय धेरैले रिलेसनशिप सिंगल राख्ने कारण पनि सम्बन्धमा दरार आउने गर्छ ।

    यस्तो व्यवहारले सम्बन्धमा असमझदारी पैदा हुने र ब्रेकअप हुने गर्छ ।

    २. ज्यादा खर्च गर्ने बानी

    यो कारण सबैभन्दा धेरै युवतीहरुमा लागु हुने गर्छ । धेरै युवतीहरु पैसा जोगाउने भन्दा पनि पैसा खर्च गर्न ललायित हुन्छन् । तर, केटाहरु यस्ता युवतीहरु खोज्छन् जो पैसा जोगाउन हरसम्भव प्रयास गरुन् । यदी तपाई खर्चिलो स्वभावको हुनुहुन्छ भने ब्रेकअप हुने सम्भावना बढी हुन्छ ।

    ३. नाकमा औलाले कोट्याउने बानी

    सफाइ गर्ने काम धेरैलाई मनपर्छ । तर, केही यस्ता बानीहरु हुन्छ् जो एकअर्का मन नपर्ने हुन्छ । केही केटा तथा केटीहरु नाक औलाले चलाएपछि हात धुनुभन्दा अरुलाई छुने गर्छन् जुन पार्टनरलाई मन नपर्न सक्छ । यस कारण पनि ब्रेकअप हुने गरेको छ ।

    ४. अल्छी हुनु

    ब्रेकअप हुनुको एउटा कारण अल्छी हुनु पनि हो । यो कारण अजिब लाग्न सक्छ तर आफ्नो पार्टनर एक्टिभ भएको जो कोही हेर्न चाहान्छन् । अल्छी भएका कारण झट बोल्ने हुँदा ब्रेकअप हुने सम्भावना पनि उत्तिकै उच्च रहेको हुन्छ ।

    ५. अजीब तरिकाले खाना खानु

    केहीको बानी च्याप–च्याप गरेर खाना खाने बानी हुन्छ । यस्तो आवाज निकालेर खाना खाने बानीलाई प्राय धेरैले रुचाउने गर्दैनन् । यसलाई खराब बानीको संज्ञा दिने गरिन्छ । जसको कारण सम्बन्धमा दुरी बढ्दै जान्छ । यसरी खाने बानीलाई पार्टनरले धेरै दिनसम्म झेलेर बस्न सक्दैनन् ।

    ६. साथीलाई व्यंग गर्नु

    बोली रहँदा कति मानिस ख्याल नै नगरी विभिन्न गाली गलौच गर्ने काम गर्छन् । यसका कारण पार्टनरसँग पनि झगडा हुने सम्भावना बढी हुन्छ । गालीका शब्दहरु प्राय पार्टनरले सुन्न चाहादैनन् । अरुसँगको रिस आफुसँग पोख्ने बानीले पनि सम्बन्ध टुट्ने गर्छ ।

    ७. पब्लिक प्लेसमा पार्टनरको हात नसमात्नु

    सुन्दा अचम्म लाग्न सक्ला तर धेरैले यस कुराको ख्याल गरेर बसेका हुन्छन् । सार्वजनिक स्थलमा हात समात्न लजाउनु, एक्लै छोडेर अर्कैसँग गफ गरेर बस्नु ब्रेकअपका कारण हुन् । यसले पार्टनरको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने गर्छ र ब्रेकअप हुने सम्भावनालाई प्रोत्साहित गर्छ । एजेन्सी

    २०७५ भदौ २८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...