• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    चेक रिपब्लिकमा नेपाली युवाहरुबीच छुरा हानाहान, एकको मृत्यु, १ घाइते

    17.8K
    SHARES

    काठमाडौं ।

    चेक रिपब्लिकमा नेपालीहरुबीच आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् भने २ जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जर्मनीस्थित नेपाली दूताबासले भने एक नेपालीको मृत्युको पुष्टि गरेपनि मृत्युको कारण र घटना बिबरण भने खुलाएको छैन ।

    जर्मनी स्थित नेपाली दूताबासका राजदूत रमेशप्रसाद खनालले भने, ‘मृतकले काम गरिहेको सम्बन्धित कम्पनीलाई हामीले सम्पर्क गरिसक्यौं । शवलाई जतिसक्दो छिटो पठाउने प्रयास हुन्छ । तर घटनाको पूर्ण विवरण आइसकेको छैन ।’

    मृतक धादिङ स्थायी घर भएका २३ बर्षीय युवक भएको र उनी कोर्कोडिले सिआर स्पोल कम्पनीमा काम गर्न ३ महिना अघिमात्र चेक रिपब्लिक आएका खुलेको छ । तर, प्रहरी अनुसन्धान जारी भएकाले नाम गोप्य राखिएको छ ।

    चेक रिपब्लिकको अनलाइन मिडिया नोभिन्की सीजेटले भने शुक्रबार राति ९ बजेपछि चारजना विदेशी कामदारहरुबीच आपसी झगडा भएको र त्यसक्रममा छुरी प्रहारबाट एकजनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

    उसले लेखेको छ, ‘घाइते एकजनाको अस्पतालमा उपचार भइरहेको छ, उनी खतरा मुक्त छन् । फरार दुईजनालाई प्रहरीले दुई घण्टाको हेलिकोप्टर अपरेशनमार्फत प्रकाउ गरेको हो ।

    मृतकका परिवारले शव नेपाल झिकाउन परराष्ट्रमा निवेदन दिएका छन् । दूताबासस्थित उपनियोग प्रमूख बिशाल भट्टराईले अनलाइनखबरलाई भने, ‘परिवारको पत्र आएको छ, यहाँबाट चेक रिपब्लिकको परराष्ट्रलाई पत्राचार गरिसकेका छौं । जतिसक्दो छिटो प्रक्रिया पुरा गर्नेछौं । पुलिस रिपोर्ट प्राप्त गरेपछि मात्र दूतावासले आधिकारिक रुपमा घटना बिबरण बताउन सक्छ ।’

    २०७५ भदौ २६ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ